नेपालमा थप १० जनामा कोरोना सङ्क्रमण : अब १२० पुग्यो

काठमाण्डौ २९ वैशाख ।  नेपालमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ का २० र ३४ वर्षका दुई–दुई तथा १८, १९, २४, ३०, ३१ र अर्का एक जना उमेर नखुलेका पुरुष गरि १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा १ सय २० जनामा कोरोना पुष्टि भएको छ ।

शेयर गरौ

ताजा अपडेट