चितवन : सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालिद्धारा संचालित सत्यकलम डिजिटल संचारको आयोजनामा आइतबार पत्रकारहरुका लागि महामारी र रिपोटिङ्ग बिषयमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जुम क्लाउड मिटिङ्ग एपको सहयोगमा अनलाईन रुपमा संचालित सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले सहभागी पत्रकारहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
सो अबसरमा पोख्रेलले महामारीका बेलामा पत्रकारहरु अत्यन्त जोखिममा हुने भन्दै सावधानी अपनाएर रिपोटिङ्ग गर्न सुझाव दिनुभएको थियो ।“यस्तो बेलामा जोखिम त छदैछ , त्यो भन्दा पनी रिपोटिङ्ग गर्ने बिषयबस्तु , स्थान लगायतका कुरा पहिचान गर्न पनि गा¥हो हुन्छ ।” उहाँले भन्नुभयो “ त्यसकारण यस्तो बखतमा निकै चनाखो भएर समाचार सम्प्रेषण गर्न पर्दछ , सत्य र तथ्य सुचना दिने कुरामा पत्रकार चुक्नुहुदैन । ” पोख्रेलले महामारीका बेलामा केही स्वार्थी समुहले पत्रकारहरुलाइ प्रयोग गर्न सक्ने भन्दै त्यस बिषयमा सचेत हुन आग्रह गर्नुभयो । करिव २ घण्टा चलेको सो कार्यक्रममा पत्रकार पोख्रेलले लकडाउनको रिपोटिङ्ग अनुभव , पत्रकारहरुलाई आईपर्ने अप्ठ्याराहरु , विपद्को बेलामा पत्रकारहरुको भुमिका , काम कर्तव्य लगायतका बिषयमा आफ्नो अनुभव र धारणा प्रस्तुत गर्नुभएको थियो ।
चितवन र नवलपुर जिल्लाका गरि ३० जना पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रममा पत्रत्रकारहरुले रिपोटिङ्ग गर्ने बिषय , अपनाउनुपर्ने सावत्रानी , पत्रकार र स्थानीय तह बिचको सम्बन्ध लगायतका बिषयमा जिज्ञासा राखेका थिए । पत्रकारहरुको जिज्ञासाको प्रशिक्षक पोख्रेलले जवाफ दिनुभएको थियो । सहभागी पत्रकारहरुले सो क्रममा आफ्नो आफ्नो अनुभव समेत साटासाट गरेका थिए । कार्यक्रममा सहभागी पत्रकार डोलराज रानाभाटले कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिए । “ अरु अरु बिषय बस्तुमा भुलेर बस्नु भन्दा आफ्नै बिषयमा ईन्टरनेटको सहायताले धेरै कुरा जान्ने अबसर पाईयो , यसले थप कुरा सिक्न सहयोग गरेको छ । ” रानाभाटले भन्नुभयो ।
कायृक्रमको आयोजक सस्था सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीले पत्रकारहरुका लागि अनलाइृ छलफल र तालिम चलाउँदा त्यो प्रभावकारी हुने ठानेर आफुहरुले सो कुराको संयोजन गरेको बताउनुभयो ।