काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न सरकारलाई कांग्रेसले साथ दिने बताएका छन् ।
आजको प्रतिनिधिसभा वैठकमा बोल्दै सांसद थापाले भारतले नेपाली भूमि मिचिरहेको अवस्थामा सरकारले कांग्रेसबाट के सहयोगको अपेक्षा गरेको छ भन्ने आफूले जान्न चाहेको बताएका छन् ।
कांग्रेसका थापाले केही समय पहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कालापानी क्षेत्रमा गरेको भ्रमणप्रति समेत प्रश्न उठाएका छन् ।
सांसद थापाले भारतले नेपाली भू–भागमाथि भएको अतिक्रमणको विरोध गर्दै गर्दै थापाले रक्षामन्त्री पोखरेलले भ्रमण र सरकारको काम कारबाहीबारे प्रश्न उठाएका हुन् । ‘केही समय पहिले रक्षामन्त्रीले यो ठाउँको अवलोकन गर्नु भएको थियो, के त्यो तीर्थयात्रा थियो रु’, उनले भने, ‘थिएन भने उहाँले सरकारलाई के बताउनु भयो र सरकारले त्यो बीचमा के काम गर्यो रु’
भारतले प्रष्ट रुपमा आफूले आफ्नो भू–भागमा सडक बनाएका हौँ र संक्रमणपछि छलफल गरौँला भनेर भनिसकेको उनले बताए ।
‘भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस, सिङ्गो नेपाली जनता तयार छ’, उनले भने, ‘सरकारले हामीबाट के सहयोगको अपेक्षा गरेको छ, हामी जान्न चाहन्छौं ।’