सीमा विवाद समाधान नभए अन्तरराष्ट्रिय अदालतसम्म जानु पर्छ : सभापति पोखरेल

चितवन २८ वैशाख । कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले भरततले एकलौटी रुपमा नेपाली भूमि मिचेको विषयमा सरकारले युद्ध स्तरमा समस्या समाधानको बाटो खोज्नु पर्ने माग गर्नु भएको छ ।
प्रतिनिधि सभाको आजको वैठकमा समय लिएर बोल्दै उहाले द्धिपक्षीय वहुपक्षीय माध्यमबाट समस्या समाधान गर्नको लागि उहाले माग गर्नु भयो । यदी यसबाट पनि समस्या समाधान नभए सीमा विवादको विषयलाई संयुक्त राष्ट्रसंघ र अन्तरराष्ट्रिय अदालतसम्म लैजानु पर्ने सुझाव दिनु भयो ।
सम्वोधनका क्रममा उहाले भन्नु भयो ‘सन् १८१६ सुगौली सन्धीमा कालीनदीको पूर्व तर्फको भूभाग नेपालको हो भन्नेमा कुरामा विवाद देखिदैन । हाम्रो अखण्ड सार्वभौम भूमि लिपुलेकबाट भारतले एकलौटी रुपमा सडक निर्माण गर्नु हाम्रो सार्वभौमता माथिको आक्रमण हो । तसर्थ द्धिपक्षीय वहुपक्षीय माध्यमबाट समस्या समाधान गर्नको लागि सरकारले युद्ध स्तरमा काम गरोस । यदी समस्या समाधान हुन सकेन भने संयुक्त राष्ट्रसंघ र अन्तरराष्ट्रिय अदालतसम्म यो कुरा पु¥याउने काम सरकारले गरोस ।https://www.facebook.com/100001666237023/posts/2954766671255512/

शेयर गरौ

ताजा अपडेट