सांसद पाण्डेको पहलमा पाँचसय परिवारलाई राहत सामग्री सहयोग

चितवन २८ वैशाख । बन्दाबन्दीले गर्दा खाद्यान्नको समस्या भएकाहरुलाई चितवनको क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले पाँचसय परिवारलाई सहयोग गर्नु भएको छ ।
पूर्व अर्थमन्त्री समेत रहनु भएका पाण्डेको पहलमा प्राइम बैंकले खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका स्थानीयलाई खाद्यान्न सहयोग गर्नु भएको हो । बन्दाबन्दीले गर्दा मजदुरी गर्न नपाएको, कामबाट बन्चित हुनु परेको, आफ्नो घर जान नसकेको, खाद्यान्नको अभाव भएकोलगायतका व्यक्तिहरुलाई राहत सामग्री वितरण गरिएको हो ।
खैरहनी नगरपालिकाको १० र ११ वडाका एकसय ५० परिवार, राप्ती नगरपालिकाको ६, ७ र ८ वडाका तीनसय ५० परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको हो । यस अगाडिपनि नेता पाण्डेको पहलमा रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा समस्यामा परेकाहरुलाई राहत सामग्री सहयोग गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट