गजलकार पण्डित सम्मानित

सरोज सुमन
चितवन २७ माघ ।

गजलकार एवम् साहित्यकार प्रभाकर पण्डितलाई चिसाप गायत्री सरस्वती पुरस्कार २०७५ प्रदान गरिएको छ ।

नेपाली साहित्य क्षेत्रमा विभिन्न माध्यमबाट महत्वपूर्ण योगदान पु¥याउने लेखकलाई वितरण गरिदैं आएको गायत्री सरस्वती पुरस्कार उहाले दिएको हो । हरेक वर्षको सरस्वती पूजाको दिन चितवन साहित्य परिषद्ले यो पुरस्कार प्रदान गर्दै आएको छ । चिसाप अध्यक्ष एवम् कवि सुरेन्द्र पौडेलको अधक्ष्यता तथा वरिष्ठ साहित्यकार प्रेम विनोदी नन्दनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कवि गणेश श्रवणले पण्डितको व्यक्तित्व र कृति माथि प्रकाश पार्दै उहाको नेपाली साहित्यप्रतिको योगदानको चर्चा गर्नु भएको थियो । कविता यात्राबाट साहित्यमा प्रवेश गर्नु भएका पण्डित पछिल्लो समयमा गजल क्षेत्रमा लागेर गजल मञ्च चितवनको नेतृत्व गरिरहेनु भएको छ । पण्डितको विभिन्न समयमा कविता, गजलका सग्रहहरू प्रकाशित भईसकेका छन् । पछिल्लो पटक प्रकाशित कविता कृति तिर्खाको लयले पनि पुरस्कार पाईसकेको छ । प्राप्त नगद पुरस्कार वरिष्ठ कवि गोविन्द विनोदीको उपचारका लागि दिने घोषणा गर्नु भयो ।

ताजा अपडेट