संघीय संसदमा स्वाब संकलन सुरु

काठमाडौं २५ वैशाख । संघीय संसदमा आज ४४१ जनाको स्वाब संकलन गरिएको छ । जसमा १७९ प्रतिनिधिसभाका सांसद, ३३ राष्ट्रियसभा सदस्य तथा कर्मचारी र मर्यादापालक २२९ गरी ४४१ जनाको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से हलमा स्वाब संकलन गरिएको संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताए । उनका अनुसार संकलन गरिएका स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको छ । अहिले राष्ट्रियसभामा ५८ र प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् । परीक्षण गर्न छुटेका सांसद तथा कर्मचारीहरूको स्वाब भोलि बिहान ८ देखि १० बजेसम्म संकलन गर्ने सचिवालयको तयारी छ ।

शेयर गरौ

ताजा अपडेट