चितवन समाचार डटकम
२७ माघ । स्कूल दिवसको अवसर पारेर स्कुल अफ हेल्थ साइन्समा आयोजना भएको खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई आज पुरस्कार वितरण गरिएको छ ।
फुटबल, भलिबल, टेबलटेनिस, म्युजिकल चियरलगायत विभिन्न खेलमा विजयी भएका खेलाडीहरुलाई समापन कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । प्राविधि शिक्षालयमा अध्ययन गरेका विद्यार्थीले आफ्नो शैक्षिक कार्यक्रम अन्र्तगत विभिन्न खेलकुदका कार्यक्रम आयोजना गर्ने गर्दछन् । खेलकुदमा प्रथम, दुतीय, तृतीय, सान्त्वना भएका विद्यार्थीलाई स्कूल अफ हेल्थ साइन्सका प्रमुख रमणकुमार मेहताले पुरस्कार वितरण गर्नु भएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख मेहताले खेलकुदले विद्यार्थीलाई अध्ययनमा अझ फुर्तिलो ल्याउने बताउनु भयो । मानिसको जीवनमा खेलकुदको महत्व रहेकाले आफ्नो शैक्षिक ज्ञानको साथै अतिरिक्त क्रियाकलापमा दक्षता हासिल गर्नु अझ राम्रो हुने बताउनु भयो । शिक्षालयले विद्यार्थीको शैक्षिक उन्नतीको लागि सहयोग गर्दै आएको जानकारी दिनु भयो ।