चितवन २३ वैशाख । अन्य बैंकबाट पैसा झिक्न मिलेपनि वृद्धवृद्धाहरु एसवीआइमा नै आउने गरेपछि भिडलाई व्यवस्थित गर्न सकेको छैन ।
भारतीय सुरक्षा निकायमा काम गरेर सेवा निवृत भएकाहरुले पैसा झिक्न आएपछि अहिले नारायणगढ, कावासोतीका एसवीआइ बैंकमा सेवाग्राहीको भिड लागेको छ । सेवा निवृत भएका पूर्व सुरक्षाकर्मीहरुको पेन्सन उनीहरुको खातामा नै भारत सरकारले राखिदिने गरेको छ । आफ्नो पैसा बैंकको खातामा राखेपछि तत्काल निकाल्ने बानीको कारण भिड भएको एसवीआइ बैंक नारायणगढका अभिकृत कपिलदेव खतिवडाले जानकारी दिनु भयो ।
उहाले भन्नु भयो ‘आफ्नो खातामा आएको पैसा जुनसुकै दिनमा आएर झिक्न पाइन्छ तर पुरानो बानीको कारण महिना सकिने वितिकै आउनु हुन्छ ।’ हरेक खातावालाको एटीएम कार्ड छ त्यो कार्ड अन्य बैंकको वुथमा प्रयोग गरेर पैसा निकाल्न मिल्छ तर उहाँहरु मान्नु हुन्न खतिवडाले भन्नु भयो । पेन्सन दिने मिति अनुसार पैसा लिन आउने बानीले गर्दा उहाँहरु यही बैंकमा आउनु भएको छ उहाले भन्नु भयो । यहाँ आइहालियो अब लाइनमा बस्छौ भनेर मान्नु हुन्न खतिवडाले भन्नु भयो ।
बैंकका अनुसार हरेक महिनाको ३० तारिखका दिन भुतपूर्व सैनिकको खातामा भारत सरकारले पेन्सनको रकम हालिदिने गर्दछन् । त्यो रकम जुनसुकै दिन आएर एसवीआइ बैंकबाट झिक्न सकिन्छ यही वेला आउनु पर्छ भन्ने छैन । भिजा कार्ड भएको एटीएम अन्य बैंकको एटीएम वुथबाट पनि झिक्न मिल्छ । अन्य बैंकको एटीएम वुथबाट झिक्दा सेवा शुल्क लाग्दैन । तर पनि पैसा लिन एसवीआइ नै आउने गर्दा कोरोनाको जोखिम वढेर गएको छ । बैंकले सेवाग्राहीलाई सूचना जारी गर्दा समेत आउने गरेको बताउँदछ ।