काठमाण्डौं २३ वैशाख । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसंग भेट गर्नु भएका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग छलफल गर्नु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो दुई नेताबीच पार्टीभित्र पछिल्लो समय विकसित राजनीतिबारे छलफल भएको हो । पछिल्लो समय खनाल प्रचण्ड(नेपाल खेमामा छन्। उनले पनि केही समयअघिसम्म उनी प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए।
यसअघि प्रधानमन्त्री ओलीले आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए। ओली(प्रचण्ड छलफलमा स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल भएको बताइएको छ।