चितवन २३ वैशाख । कोरोना संक्रमणको त्रासले गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दी (लकडाउन) अहिलेपनि जारी छ ।
बन्दाबन्दीको समय करिब दुइमहिना पुग्न लाग्दा कोरोना संक्रमितहरुको सख्या घट्नु भन्दा वृद्धि भइरहेको छ । आज मात्रै नेपालगञ्जमा थपिएको संक्रमितको सख्या गरी ८२ जना पुगिसकेका छन् । संक्रमण वढेसंगै सरकारले लकडाउनलाई कडाइ गर्ने तयारी गरिराखेको छ । तर चितवनमा भने कडा गरिएको देखिदैन ।
जिल्ला प्रशासन कार्यालयले हिजो मात्रै जिल्ला बाहिर जानको लागि सवारी साधनलाई पास नदिने भनेपनि जिल्ला भएर आउ जाउमा कुनै कडा गरेको देखिदैन । जिल्लाको मुख्य बजार, भित्री सडकमा मानिसको चहलपहल बाक्लो हुदै गएको छ । अन्य दिनमा घर बाहिर निस्कन डराउने सर्वसाधारण अहिले भने विहानदेखि नै चोक चौतारा, पसल, बजारमा भिड लाग्न थालेको छ ।
नारायणगढको बैंकमा पैसा झिक्नेको मेलानै चलेको छ । भिडलाई बैंक र प्रहरीले व्यवस्थापन गर्ने तर्फ ध्यान दिएको देखिदैन । एउटै बैंकमा सयौंको सख्यामा लाइन बसेको देखिन्छ ।
चितवनको भरतपुर र नारायणगढ क्षेत्रमा मंगलबारदेखिएको दृष्य ( फोटो फिचर)
