नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित : अब जम्मा ८२ पुग्यो

काठमाडौं २३ बैशाख । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

शेयर गरौ

ताजा अपडेट