कुलप्रसाद भुसाल ।
हाम्रो पार्टी नेकपा देशमा क्रियाशिल दुइ ठुला कम्युनिस्ट पार्टीको एकताबाट बनेको हुँदा नदिको दुई भंगालोको मिलनमा देखिएको दुई धारा मेटिन केही समय लागे. झै एकता पुरा हुन नेताकार्यकर्ता अन्तरघुलन भै सक्न केहि समय लाग्नु जायज नै हो । तर अहिले पार्टीमा खासगरी कार्यकर्ता ,पार्टी सदस्य र शुभचिन्तकमा अन्तरबिरोध कम बरु कम्युनिस्ट आन्दोलन मा इतिहास बनाएका नेताहरु बढी देखियो । शीर्ष तहमा देखिएको असमझदारी र तिक्तता जायज छैन । यस प्रकृतिको तिक्तता रोकि पार्टी एकतालाई पूर्णता दिनु र सम्पूर्ण क्षमताका साथ कम्युनिष्ट सरकारलाई सफल बनाएर निरन्तर सम्वाद मात्र एक मात्र विकल्प हो ।
पार्टी मा कोहि बेरोजगार हुने र कसौलाइ जिम्मेवारी माथी जिम्मेवारी दिने अनि थप सत्ता मा भागेदारी (नियुक्ति ) पनि दिने । यो प्रवृती को अन्त्य जरुरी छ । पार्टीको र सरकार को प्रमुख जिम्मेवारीमा कुनै न कुनै समय रहेर सरकारको नेतृत्व र पार्टीको नेतृत्व सम्हालेका कमरेड हरु नै अहिले को किचलो मा सामेल हुनुहुन्छ । कमरेड प्रचण्ड , कमरेड केपी शर्मा ओली, कमरेड माधव नेपाल, कमरेड झलनाथ खनाल र कमरेड बामदेव गौतम । यसरी हेर्दा जीवन भरी तपाईहरुले आन्दोलनमा गरेको त्याग ,समर्पणलाई अहिले तपाईहरुले गरेको किचलोले खर्लप्यै निलेको तपाईहरुले चाल पाउनु भएन । यो सब भन्दा दुखद पक्ष हो । आदरणीय कमरेड केपी अब तपाईं समेत कमरेड प्रचण्ड ,माधव,बामदेव, झलनाथ सबैले आराम लिनुस । अभिभावकत्व लिदा देश र जनता र पार्टी को भलाइ हुने देखिन्छ ।
पार्टीमा एकमनावाद र नोकरशाही कार्यशैली, दम्भ, हेपाहा प्रवृति विकास भइरहेको छ । विभिन्न प्रवृतिहरुलाई नजिक ल्याएर एक अर्काको पुरक बनाउने भन्दा पनि एउटा प्रवृतिले अरु सबैलाई निषेध गर्ने नोकरशाही प्रवृति विस्तारै हावी हुँदै गएको छ । यो कुनै अमुक गुट र व्यक्तिमा भन्दा पनि मौका पर्दा सबै पूर्व समूह र ठूला नेताहरुले प्रयोग गर्दै आएका छन् । अहिले मुख्य जिम्मेवार केपी र प्रचण्ड दुवैमा धेरथोर देखिन्छ । यसको अन्त्य हुनुपर्दछ आफ्नो वरिपरि घुम्ने चाकरी गर्ने, अघिल्तिर उभिएर प्रशम्सा मात्र गर्ने, कमिसन बुझाउने को घेरा बाट बाहिर निस्कने र आफ्नो आलोचना गर्ने पार्टी कार्यकर्ता को कुरा धर्यता पुर्वक सुन्ने साहाश अब क केपी ओली , प्रचण्ड लगायत नेता गर्न जरुरी छ । नेकपाभित्रको बहसमा क्रान्तिकारी हस्तक्षेप गर्न आवस्यक परेको छ ।
टुटफुट र एक अर्कालाई निषेध गर्ने सोचाइ बिल्कुलै गलत छ । पार्टीलाई बिघटनबाट बचाउन नेतृत्त्वले विगत केही समयदेखि अवलम्बन गर्दै आएको कार्यशैलीलाई सच्याउनुपर्दछ । उत्तेजना र उक्साहटबाट बचेर पार्टीलाई फुटबाट बचाउनुपर्छ । गुण र दोषका आधारमा आफ्नो विचार राख्ने र निरपेक्ष एकातिर लागेर स्थायी गुट निर्माण गर्नु हुन्न । आदरणीय क केपी तपाई र तपाई का समकालीन कमरेडहरु प्रचण्ड ,माधव, झलनाथ र बामदेवले जिम्मेवारी हस्तान्तरण कहिले गर्ने? अब तपाईहरु किचलो गरिरहने कि आराम लिने र अर्को पुस्ता लाई पद हस्तान्तरण गर्ने? कि आदरणीय कमरेड हरु मृत्यु वरण नगरे सम्म पद नछाड्ने हो? अहिले पार्टी मा देखिएको तिक्तता रोकि पार्टी एकता लाई पुर्णता दिनु र सम्पुर्ण क्षमताका साथ कम्युनिस्ट सरकार लाई सफल बनाएर देश र जनताको सेवामा लगाउनु पार्टी र नेताकार्यकर्ता को प्रमुख दायित्व हो । यो ऎतिहासिक दायित्वबाट तपाईहरु नचुक्नुस,नया पुस्ता मा जिम्मेवारी हस्तान्तरण गर्ने रोड म्याप तयार गर्नुस । अब दोस्रो पुस्ता का अग्रज नेता जो स्थाइ समिति मा हुनुहुन्छ कमरेड सुरेन्द्र पाण्डे , कमरेड टोपबहादुर ,कमरेड सुभाष नेवाङ क भिम रावाल लगायतको नेतृत्व मा सरकार र पार्टी मा एक ब्याक्ती एक पद लागू गर्न पहल गर्ने ।
साथै पहिलो पुस्ता का आदरणीय कमरेडहरुले निवृत भै अभिभावकत्व निरवहन गर्ने तर्फ को योजना बनाउनदा पार्टी र कम्युनिस्ट आन्दोलनलाई राम्रो हुने देखिन्छ । वाहाहरु मध्ये पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा गराइ सचिवालय र शिर्ष नेताहरू बाट समस्या नसुल्झिए वा समस्या पूरै हल गर्न नेताहरु सफल नभए कार्यकर्ता र जनतामा जान हिच्किच्याउनु हुन्न । यसको लागि स्थायी समिति र केन्द्रीय समितिको बैठक आयोजना गर्नुपर्छ । आवस्यक पर्यो भने रास्ट्रिय भेला डाकेर कार्यकर्ता र जनताको आवाज सुन्ने र नेकपा सरकार लाई लोककल्याणकारी काममा पुरा ५ वर्ष एकता बध्द भै लगाउनेमा ध्यान केन्द्रीत गर्नु श्रेयकर हुन्छ ।