नेकपाका युवा नेताको अध्यक्षलाई सुझाव ‘जनभावना अनुसार निर्णय हुनुपर्छ’

केशव कंडेल । 
जनताले आशा र भरोसा गरेको सबैभन्दा ठुलो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा रहेको सरकारले राम्रा काम गर्ने विश्वास नेपालीमा मात्र होइन विश्व समुदालाईपनि थियो । पहिलो पटक कम्युनिष्ट पार्टीले अपनाएको दुइ अध्यक्षात्मक प्रणालीलाई जनता र पार्टी कार्यकर्ताले स्वीकारे ।
तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्रका अध्यक्षहरुले एकै पटक एकीकारणको घोषणा गरेपछि मात्र पार्टीका अन्य नेता तथा कार्यकर्तालाई जानकारी भयो । यो विषयमा पार्टी भित्र वहस छलफल भएन । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्णयलाई स्वीकारे ।
त्यसपछि भएको निर्वाचनबाट नेकपा पहिलो र झण्डै दुइतिहाइको वहुमतमा निर्वाचन भयो । त्यसपछि प्रधानमन्त्री तथा पहिलो वरियताको अध्यक्ष केपी ओलीनै हुनु भयो । सरकार गठनका क्रममा उहाले मनपराएका र उहाँको वरीपरी घुम्ने व्यक्तिलाई मात्र मन्त्री, मुख्यमन्त्री वनाउनु भयो । फरक मत राख्नेलाई उहाले कुनै अवसर दिनु भएन ।
पार्टीको जिम्मेवारी दिने सवालमा पनि उहाँको यो वानी कायम नै रह्यो । विस्तारै सरकारका काम कार्वाही र उहाले चाल्नु भएको कदममा पार्टीका अन्य नेता संग छलपल परमार्शमा लाग्नु भएन । त्यसैले उहाँले गर्ने कामको टिप्पणी हुदै आयो । जनताले नरुचाएका गतिविधिमा उहाँको काम हुने गर्दथियो । उहाँ निकट मन्त्रीहरुको गतिविधि पनि पार्टी भित्र र बाहिर आलोचित हुदै आयो ।
पछिल्लो समय पार्टी भित्र छलफल नगरी, देशमा आएको महामारी कोरोना रोगको संकटको घडीमा ल्याएको दुइ अध्यादेशले अझ उहाँ धेरै आलोचित हुनु भयो । तिब्र आलोचना पछि फिर्ता त भयो । तर त्यस कदमको विषयमा वैठक राखेर छलफल गरौ भन्दा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मान्नु भएको छैन ।
म यहाँ सँस्कृतको एउटा भनाइ सम्झन्छु ‘बादे बादे जायते तत्वबोध’ तर हाम्रो देशको प्रधानमन्त्री तथा हाम्रो पार्टी अध्यक्ष ओली न त बैठकमा छलफल द्वारा निस्कर्ष निकाल्नु तयार हुनुहुन्छ न कुनै गम्भिर छलफल मार्फत । बैठक मात्रै निस्कर्ष निर्णायार्थ पेश गर्न औपचारिकताको लागि मात्र नत उहाको निस्कर्ष सर्वमान्य हुन सक्छ ।
लाग्छ पार्टी एकता कमरेड केपी ओलीलाई अध्यक्ष बनाउनको लागि र उहाको प्रस्तावमा थपडी बजाउनको लागि मात्रै हो । यदि यसो हो भने थपडी बजाउनको लागी त तपाईंकै निकट व्यक्तिहरु मात्र प्रयाप्त थिए होलान नी । किन पार्टी एकताको खाचो देख्नु भयो । यदि पार्टी एकता समृद्ध नेपाल निर्माण गर्ने महानअभिलाषा बोकेका तीन करोड नेपालीहरुको भबिस्य निर्माणको लागि थियो भने तपाईंले जे गरेपनि ठिक भन्नेहरुको मात्रै संभावना हो त ?


मन मिल्दा नेतृत्वले जे पनि गर्ने र मन नमिल्दा पुराना बाचा, दुनियाँका अगाडि गरिएका भाषण, प्रतिबद्धता सबै कुरामा आगो लगाउन हुँदैन । एउटा जहाजका हामी दुईवटा पाइलट भन्ने कुरा कहाँ गयो । एउटै पार्टीमा दुई जना अध्यक्ष अश्वाभाविक कुरा होइन र ? भनी कार्यकर्ताहरुले प्रश्न उठाउँदा अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री ओलीज्यु त्यो बेला तपाईंको जवाफ के थियो भुल्नु भयो । यदि भुल्नु भएकै हो भने एक पटक सम्झने कोसिस गर्नुस ।
हिजो वरिष्ठ नेता माधवकुमार नेपालले तपाइलाई आठौं महाधिवेशनमा साथ नदिएको भए र बामदेव कमरेडले नवौं महाधिवेशनमा साथ नदिएको भए यतिबेला तपाईंको भूमिका के हुने थियो, कल्पना गर्नुहोस । पार्टी एकतापछि अर्को अध्यक्ष प्रचण्डसग मिलेर चुनाबमा टिकट दिनेबेलामा आफुइतरका नेताभएको ठाउँमा पूर्वमाओबादीलाई टिकट दिएर पेलेको, सरकार गठनमा आफु इतरलाइ पेलेको, प्रदेश सरकार, प्रदेश प्रमुख, रास्ट्रीय सभा, राजनैतिक नियुक्ति सबैमा तपाईंले आफ्नो नजिकका बाहेक अन्य व्यक्ति नेताहरु यो पार्टीमा योग्य, क्षमतावान देख्नु भएन । तर अरु कसैले धेरै बिरोध गरेनन किनकी तपाइ इतरका सबै कमरेडलाई यो मुलुकलाई समृद्ध बनाउने करोडौं नेपाली जनताको सपना साकार पार्नु थियो ।
तपाइले एकोहोरो पेलान गर्दा पनि चुप थिय तर आज तपाईं र तपाइको निकटका व्यक्तिले यो बिस्वासलाई कतै गुमाएको त होइन भन्ने प्रश्न उब्जीएको छ । हिजोको सचिवालय वैठकमा तपाइको पेश गर्नु भएको प्रस्ताव ठिक थियो । बालुवाटारमा हस्ताक्षर अभियानले अल्पमत र बहुमतको कुरामात्रै हो भने पार्टी भित्र तपाईं स्पष्ट बहुमतमै हुनुहुन्थ्यो नि, पार्टी एकता किन जरुरी भयो र ? होइन भने लाखौ नेकपा नेता तथा कार्यकर्तालाई समानदृस्टिले हेर्नुपर्ने तपाइको नजर कता हरायो । हिजो कमरेड बामदेवलाई रास्ट्रीय सभासदस्य बनाउन पार्टीले निर्णय गर्दा जनमतको अपमान देख्ने तपाइका आँखाहरु । आज तपाईंले प्रधानमन्त्रीको उम्मेद्बार देख्दा हर्सित हुने तिनै आँखाहरु तपाइको निकटका होइनन र प्रीय अध्यक्ष कमरेड ?
आज देशमा लकडाउन छ । जनता कोरोनाको त्रासमा छ्न । ब्यापार ब्यवसाय टाट पल्टदैछ । कैयौं साना ब्यवसायीहरु लकडाउन खुुलेपछि भएको सानो घरबार बैकले लिलाम गर्ला र सडकपेटीको बास होला कि भन्ने त्रासैत्रासमा घरभित्रै रुमलिरहेका छन । देशको यस्तो बिसम परिस्थितिमा तपाईंले ल्याउनु भएको अध्यादेशले जनतालाई कती मलमपट्टी लगाउन सक्ला त्यसको अध्ययन गर्नु भएको थियो । तपाईंले अध्यादेश ल्याउनु भएकै बेलामा भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याउनु भएको थियो । त्यस अध्यादेशले भारतीय समाजमा परेको सकारात्मक प्रभाव र तपाईंले ल्याउनु भएको अध्यादेशले नेपाली समाजमा पारेको नकारात्मक प्रभावको तुलना यो दुनियाँले गर्ला कि नगर्ला ?


सम्माननीय प्रधानमन्त्री ज्यु यदि तपाइले यो लकडाउनको समयावधी भरी ज्याला मजदुरी गरि खानेहरुलाई प्रयाप्त राहतको ब्यवस्थापन । सडकका पैदल यात्रीलाई घर जाने वा सम्बन्धित ठाउँमै बसेर खाने ब्यवस्थापन बैकको ब्याज छुट , घरभाडा छुट तर घर बैंकमा भए बैंकको ब्याज छुट, बैंकको सावाँको किस्ता तिर्न निश्चित समयावधि छुट, जस्ले घरभाडाबाट मात्रै जिबिकोपार्जन गरेका छ्न उनीहरुलाई घरभाडा छुट दिए बापत राहतको प्याकेज, लकडाउनको समायावधी भरी बिजुली, पानीको बिल भुक्तानी छुट, सबै निजि शैक्षिक सस्थाको बिल भुक्तानी छुट, शैक्षिक सस्थाले छुट दिएबापत सरकारले प्राध्यापक, शिक्षक तथा कर्मचारीको राज्यले एउटा निश्चित तलब तोकेर (लकडाउन अवधि भरि घरमा बसेर खान पुग्ने ) राज्यद्वारा भुक्तानी, प्रहरी, स्वास्थ कर्मचारीलाई कोरोनाको विरुद्धको लडाइमा प्रत्यक्ष खट्नुपर्ने भएकोले निश्चित प्याकेजको ब्यवस्थापन आदि जस्ता काम गर्ने योजना कार्यान्वयन गर्ने काम अध्यादेशको ठाउँमा ल्याउनु भएको भए तपाइलाई आज कसैले प्रश्न गर्ने हिम्मत गर्ने थिएनन् ।
यो सरकारलाई यस्ता योजना ल्याउन कसले रोकेको थियो ? अझै केहि बिग्रीएको छैन बेलैमा यो पार्टीलाई सहमती, सहकार्य, एकताको भावनाबाट अगाडि बढाउनु होस । हस्ताक्षर गरि बहुमत पु¥याउन लाग्नु भयो भने, प्रदेश सभामा हस्ताक्षर अभियान भयो भने पार्टी फुटको दिशा तिर जान्छ, यसलाई बचाउने जिम्मा तपाइको हो चाहे त्यो आफु प्रधानमन्त्री बनेर होस चाहे अरुलाई बनाएर होस । सरकारको ध्यान जनताको भावनाअनुरुप हुनुपर्छ, जनताले सरकारले गरेको कामबाट गौरवान्वित गर्ने बाताबरण बन्नुपर्छ विरोध होइन । पार्टीका शीर्ष नेता, अध्यक्षले जनभावनालाई मध्यजनर गरेर पार्टीमा निर्णय गर्दा नै आउदो निर्वाचन सुखमय हुनेछ ।

शेयर गरौ

ताजा अपडेट