लक डाउनमा चितवनका युवाको ताजा तरकारी सेवा : किसान र उपभोक्ता दुबै लाभान्वित

हेमराज रिमाल, चितवन, १६ बैशाख :

विश्वब्यापी महामारीको रुपमा फैलिईरहेको नोवल कोरोना भाईरस अर्थात कोभिड १९ का कारण नेपाल पनि प्रभावित भईरहेको छ ।

मुलुकमा गत चैत्र ११ गतेदेखि निरन्तर लकडाउन लागु गरिएपछि सबैजसो क्षेत्र ठप्प हुँदैगर्दा अत्यावश्यकिय खाद्यान्न, तरकारी लगायतका सामग्रीको अभाव बजार देखिएको छ भने किसानकामे बारीमै करौंडौको तरकारी खेर गईरहेको अवस्था छ । यसै विषम परिस्थितीलाई मध्यनजर गर्दै चितवनका तिन जना युवाले किसान र आम उपभोक्ताबिच मध्यस्थताको भुमिका खेलिरहेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका नविन कंडेल, प्रदिप कंडेल र विनोद गैरेले मिलेर अहिले सामाजिक सञ्जाल फेसबुकको उपयोग गर्दै भरतपुर क्षेत्रमा उत्पन्न हरियो तरकारीको अभाव केही हदसम्म पुर्ती गर्ने प्रयास गरिरहेका छन् । नविन एम बि ए तह अध्ययनरत विद्यार्थी हुन् भने प्रदिप र विनोदले बि एस्सी तहमा अध्ययन गर्दै छन् । उनीहरुले बैशाख १४ गतेदेखि यो कामको थालनी गरेका हुन् ।

उनीहरुले पारस नगर, गीतानगर क्षेत्रका किसानको खेतबारीमै गई हरियो तरकारी खरिद गर्दछन् भने आँफुहरुले बनाएको फेसबुक पेज मार्फत प्राप्त कमेन्ट तथा म्यासेजका आधारमा उपभोक्तालाई बिक्री गर्दछन् । खरिद मुल्यमा सामान्य ढुवानी खर्च जोडेर बिक्री मुल्य सूची तयार गरिने नविनले जनाएका छन् ।

उनका अनुसार यस्तो मुल्यसूचि पहिले नै फेसबुक पेजमा सार्बजनिक गरिन्छ र सोही अनुसार बिक्री वितरण गर्ने गरिन्छ । सुरुवाती चरणमै यस प्रकारको कामबाट हौसला मिलेकाले खुसी लाग्ने गरेको उनीहरुको भनाई छ । यी तिनभाई युवाहरुले कोही कसैलाई ताजा तरकारी आवश्यक परे सम्पर्क गर्न आग्रह गर्दै मोबाईल नम्बर पनि सार्बजनिक गरेका छन् ।

 

शेयर गरौ

ताजा अपडेट