भरतपुर कोरोना अस्पतालको घटना सत्यतथ्य छानविन गर्न काँग्रेस चितवनको माग

चितवन १६ बैशाख । भरतपुरको अस्थायी कोरोना अस्पतालका कर्मचारीले सामान चोरेको भनिएको सीसी क्यामराको फुटेज सार्वजनिक भएपछि नेपाली काँग्रेस चितवनले सत्यतथ्य छानविनको माग गरेको छ ।
काँग्रेसले घटनाको छानविनका लागि सर्वपक्षीय छानविन समिति गठनको माग गरेको छ । विपतको बेला स्थापना गरिएको अस्पतालमा काम गर्न खटाईएका कर्मचारीले सामान अपचलन गरेको भनिएको घटना गम्भिर रुपमा छानविन गर्न माग गरेको हो । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियो सार्वजनिक भएको थियो । उनीहरुलाई तत्काल निलम्बन गर्न माग गरिएको छ ।
नेपाली काग्रेस चितवनले घटनामा संलग्न देखिएकालाई तत्काल निलम्बन गर्न भनेको छ । काग्रेस जिल्ला समितिले मंगलवार चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै छ । नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले घटनाको छानविन सत्यतथ्य बाहिर आउनु पर्ने बताएका छन् । कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालको व्यवस्थापन र सञ्चालनको विषयमा यस अगाडिपनि टिप्पणीहरु आएका छन् ।
कोरोना अस्थायी अस्पतालका कर्मचारीबाटै विभिन्न सामग्री चोरी भएको भनिएको सीसी क्यामराले खिचेको फुटेज सोमबार साँझ बाहिरिएको थियो । सो फुटेज विभिन्न सञ्चार माध्यममा आएका छन् ।

शेयर गरौ

ताजा अपडेट