नेकपाका युवा संगठको रक्तदान कार्यक्रम : दाता भए ८५ जना

चितवन । कोरोना त्रासको कारण बन्दाबन्दी भएपछि रगतको अभाव भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई युवा संगठनहरुले भरतपुरमा सोमबार रक्तदान कार्यक्रम गरेका छन् ।
अनेरास्ववियू चितवन र राष्ट्रिय युवा संघ चितवनले सोमबार भरतपुर ११ का दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको थियो । भरतपुर महानगरपालिका वडा नं. ११ स्थित युनाईटेड टेक्निकल कलेज र कैलाश टोलमा रक्तदान गरिएको थियो । दुवै स्थानमा भएको रक्तदानबाट ८ महिला सहित ८५ जनाले रक्तदान गरेको अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यले जानकारी दिनुभयो ।
मेडिकल सिटीका रुपमा रहेको चितवनमा विरामीको चाप वृद्धि भएपछि रगतको अभाव हुने गरेको छ । लकडाउनको कारण वाहिरी गतिविधि नहुदा रक्तदानलाई समेत प्रभाव परेको छ । रगत अभाव भएपछि कार्यक्रम आयोजना गरी रगत संकलन गरिएको आचार्यले बताउनुभयो । सामाजिक दूरी र पर्याप्त स्वास्थ्य सुरक्षालाई ध्यान दिएर कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार (इन्द्रजीत), पार्टी सचिव एवं प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेश सभा सदस्य विजय सुवेदी, पार्टी नेताहरु तेजेन्द्र वहादुर खड्का, रामप्रसाद न्यौपाने, रामचन्द्र अधिकारीलगायतको उपस्थिति थियो ।

शेयर गरौ

ताजा अपडेट