काठमाडौ १५ बैशाख । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठक सकिएको छ।
छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षमा मुख्य नेताहरू सहभागी थिए।
छलफल सकिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको बताए।
पोखरेलले मंगलबार पार्टी सचिवालय बैठक बस्ने जानकारी दिए।