पैदल यात्रुलाई युथ क्लब नारायणगढले बाढ्यो राहत सामग्री

चितवन १४ बैशाख । गन्तव्यमा जान हिडेका यात्रुलाई युथ क्लब नारायणगढले आइतबार नारायणगढमा राहत वितरण गरेको छ ।
बन्दाबन्दी (लकडाउन)को कारणले गन्तव्यमा जान समस्या भएकाहरु नारायणगढ भएर पूर्व पश्चिम हिडेका यात्रुलाई क्लबले खाजा सामग्री वितरण गरेको हो । क्लबका अध्यक्ष रामवावु श्रेष्ठका अनुसार राजधानी काठमाण्डौंबाट पूर्व र पश्चिम जान हिडेका यात्रुलाई खाजा सामग्री वितरण गरेको हो ।
क्लबले विस्कुट, चाउचाउ, चिउरा,दालमोठ, पानी लगायतका खाजा सामग्री वितरण गरेको हो । नारायणगढको पुलचोकमा बसेर सामग्री वितरण गरिएको थियो । अन्य यात्रुलाई सामग्री दिएर सहयोग गरिदिन अनुरोध गर्दै पुलचोकमा डिउटीमा खटेको प्रहरीलाई खाजा सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वडा नं. १ का सदस्य शुक्रकुमार श्रेष्ठ,युथ क्लबका उपाध्यक्ष शालिग्राम नेपाल, निवर्तमान अध्यक्ष भगवानकुमार जोशी, कोषाध्यक्ष रोशन मास्केलगायतको सहभागिता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट