चितवन , १४ बैशाख ।
नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रम बिच इच्छाकामना गाउँपालिका, वडा नं. ६ मा अवस्थित जलबीरेका गाउँहरू जमुना डाँडा, चौतारा र पिपलटारका करिब ६९ घरधुरी परिवारका लागि दैनिक आवश्यक खाद्यान्न सामग्रीहरूका वितरण गरेको छ । वडा नं ६ का अध्यक्ष भुपेन्द्र चेपाङको उपस्थितीमा नारायणगढ रोटरी क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले उक्त खाद्यान्नहरू वितरण गरिएको हो ।
विगत अठार वर्षदेखि समाजसेवामा निरन्तर समर्पित स्वार्थ भन्दा माथी सेवाको भावनाले अभिप्रेरित रोटरी अन्तर्राष्ट्रियको भगिनी संस्था नारायणगढ रोटरी क्लबले विश्वभर माहामारीको रूपमा पैmलिरहेको कोरोना र यसले सिर्जना गरेको कठिन परिस्थितीमा उक्त स्थानका दैनिक ज्यालादारी गरी परिवार पाल्नुपर्ने मजदुरहरूको दयनीय अवस्था देखेर १२६० केजी चामल, २०० केजी आलु र खाने तेल ४० लिटर वितरण गरिएको क्लबका सचिव यज्ञमुनी बज्राचार्यले बताउनुभयो ।
इच्छाकामना गाउँपालिकाका वडा नं ६ का चेपाङ, घर्ती, विश्वकर्मा, गुरुङ, मगर लगायत अन्य जातिहरूको दैनिक भरणपोषणमा सहयोग पुगोस् भन्ने हेतुले उक्त खाद्यान्नहरू वितरण गरिएको क्लबका पूर्व अध्यक्ष रोटरियन अरुणकुमार पियाले बताउनुभयो । कोरोना भाइरसले महामारी रूप लिइरहेको एवम् ३४ दिनदेखि लकडाउन भोगिरहेको उक्त गाउँका दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरहरूका लागि केही राहत प्रदान गरिएको क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले बताउनुभयो ।
उक्त कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू अरुणकुमार पिया, रोहितकुमार श्रेष्ठ, राजेन्द्र ओली, सञ्जय श्रेष्ठ, प्रथम उपाध्यक्ष अरुणकुमार खनाल, सचिव यज्ञमुनि बज्राचार्य, सहसचिव दिलीप तामाङ, सदस्यहरू तारानाथ पाठक, दिपेन्द्रकुमार श्रेष्ठ, गुणेश्वर महतो, बसन्तबहादुर पाण्डे, देवमाया श्रेष्ठ, अञ्जुकृष्ण जोशी, ज्ञानुमाया श्रेष्ठ, भरतपुर रोटरी क्लबका पूर्व अध्यक्ष धनबहादुर श्रेष्ठ, रोट¥याक्टर आरजु जोशी लगायतको उपस्तिथी रहेको थियो ।