चितवन १३ बैशाख । नेपालमा १२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष आज शनिबार निको भएर घर फर्किएका छन् ।
यसअघि ११ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । हालसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । जसमध्ये १२ जना घर फर्किएका हुन् ।


