प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं, १२ वैशाख । मन्त्रिपरिषद्को बैठक भर्खरै सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विवादित बनेको अध्यादेश र लकडाउनको बारेमा निर्णय लिने सम्भावना छ ।

बैठकले अध्यादेश फिर्ता लिने वा नलिने भन्ने विषयमा निर्णय लिने सम्भावना रहेको छ । यस्तै लकडाउनको अवधि थप्ने या प्रभावित ठाउँमा मात्रै कडाइ गरेर अन्यत्र खुकुलो गर्ने भन्नेबारेमा पनि बैठकले निर्णय गर्नेछ ।
गत सोमबारको मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेशको सत्तारुढ पार्टी नेकपाभित्र र बाहिर समेत चर्को विरोध भई फिर्ता लिन दबाब परिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले जनाएको छ ।

बिहीबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागि प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । बिहीबार नेकपाका ६ शीर्ष नेताहरु भेला भई प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए । फिर्ता नलिए सो विषय पार्टीको स्थायी समितिमा छलफलको मुद्दा बनाउने बताएका थिए ।

प्रधानमन्त्रीले केहि दलहरुमा असन्तुष्ट रहेका सांसद, नेताहरुलाई पार्टी बिभाजन गर्न सहज हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश आवश्यक परेको तर्क गर्दै गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट दुई अध्यादेश पारित गराएका थिए ।

संवैधानिक परिषद्सम्बन्धी अर्को अध्यादेश ल्याई सो परिषद्मा प्रमुख विपक्षी दलका नेताको सहमतिबिना पनि निर्णय लिन मिल्ने गरी सो परिषद्सम्बन्धी संशोधन गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट