चितवन १२ वैशाख । कोरोना संक्रमणको जोमिखमा पनि रिपोटिङ गर्दै आएका सञ्चारकर्मीको तत्काल ¥यापिड टेष्टको व्यवस्था गर्न पत्रकार महासंघ चितवनले माग गरेको छ ।
महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा द्वारा शुक्रबार जारी विज्ञप्तिमा आमनागरिकलाई सुसुचित गराउन अग्रभागमा रहेर काम गर्ने जिल्लाका सबै पत्रकारको टेष्ट सहितको परिक्षणको व्यवस्था मिलाउन माग गरिएको हो ।
त्यस्तै मिडिया व्यवस्थापकले उपलव्ध गराउनुपर्ने २०७६ चैत मासन्तसम्मको पारिश्रमिक समयमै उपलव्ध गराइदिन समेत माग रिएको छ । जारी विज्ञप्तिमा कुनैपनि श्रमजिवी पत्रकारलाई वेतलवी बिदा वा अन्य कुनै वहानामा बिदा गर्ने काम नगर्न नगराउन अनुरोध गरेको छ ।
विज्ञप्तिमा जिल्लाका सञ्चारकर्मीहरुको तत्कालीन समस्या समाधान गर्न महासंघ आफैँ सक्षम रहेकोले कोही कसैले यो संकटको समयका लागि राहत स्वरुप आर्थिक संकलन र अन्य जिन्सी समाग्री संकलन नगर्न अनुरोध गरेको छ । संचारकर्मीका नाममा कुनैपनि प्रकारका सहयोग नउठाउन समेत महासंघले अनुरोध गरेको हो ।
विज्ञप्तिमा संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै संचारकर्मी र संचार प्रतिष्ठानहरुको समस्या समाधानका लागि राहत सुविधा उपलव्ध गराउन स्थानीय सरकारसंग माग गरिएको छ । । स्वरोजगार मिडियाले राज्यबाट पाउनुपर्ने रकम तत्काल उपलव्ध गराउने वातावरण सृजना गर्न सरकारसंग माग गरेको छ ।
कोरोना संक्रमणको उच्चजोखिम मोलेर जनतालाई सूचना दिने दायित्व पुरा गरीरहेका आम संचारकर्मीहरुलाई आफ्नो सुरक्षा प्रति संवेदनशिल भएर समाचार सम्प्रेषण गर्न आव्हान गर्दछौं । मिडिया प्रतिष्ठानले संचारकर्मीलाई कार्यक्षेत्रमा कर्मका लागि खटाउँदा सुरक्षाका अधिकतम मापदण्ड पुरा गरेर मात्र खटाउन भनिएको छ ।
लकडाउनको समय अवधी लामो भएकोले परिस्थितीजन्य समस्या (खाद्यान्न, स्वास्थ्य उपचार आदि ) को समस्या समाधान महासघले गरिरहेको छ । थप समस्या आइपरेमा नेपाल पत्रकार महासंघले त्यसको समाधान गर्न सहयोग र समन्वय गर्ने भएकोले तत्काल जानकारी गराउनुहुन जिल्लामा रहनुभएका पत्रकार साथीहरूलाई अनुरोध गर्दछौं अध्यक्ष द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।