अब मौंलाकालिका अस्पतालमा एनआइसियु र पिआईसियु सेवा

चितवन २७ माघ ।
चितवनको मौंलाकालिका अस्पतालमा नवजात शिशुका लागि एनआइसियु र बालबालिकाका लागि पिआइसियु सेवा सुरु भएको छ ।
श्रीपञ्चमीको अवसर पारी अस्पतालले पाँच बेडको एनआइसियु र तीन बेडको पिआइसियु सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष डा. माणिकलाल मानन्धरले जानकारी दिनु भयो । एनआइसियुमा दुईवटा भेन्टिलेटर छन् । सेवा सञ्चालनका लागि तीन जना विषेशज्ञ चिकित्सक, ४ जना मेडिकल अफिसर र ८ जना तालिम प्राप्त नर्सहरुलाई जिम्मेवारी दिइएको अध्यक्ष मानन्धरले जानकारी दिनु भयो ।
एनआइसियु र पिआइसियुका सञ्चालनका लागि डेढ करोड खर्च भएको छ । अस्पतालमा मासिक ६० देखि ७० जनासम्मले गर्भवती सेवा लिने गरेका छन् । अस्पतालमा जन्मने नवजात शिशुहरुका लागि एनआइसियु सेवा नहुँदा समस्या भएकोले सेवा सुरु गरिएको अस्पतालका बच्चा विभागका प्रमुख डा. विश्ववन्धु बगालेले जानकारी दिनु भयो ।
आवश्यकता अनुसार सेवालाई १० बेडसम्म पु¥याउने योजना रहेको डा. बगालेले बताउनु भयो । ‘अस्पतालमा जन्मने नवजात शिशु र वेड खाली हुँदासम्म अन्यत्रबाट पनि नवजात शिशुको प्रभावकारी उपचारलाई ध्यानमा राखेर सेवा सञ्चालनमा ल्याएका हौं’ विभागका प्रमुख डा. बगालेले भन्नु भयो, ‘उपचारलाई विशिष्टिकरण गर्ने योजना अन्र्तगत मौंलाकालिकाले एनआइसियु र पिआइसियु सेवा सुरु गरेको हो ।’

शेयर गरौ

ताजा अपडेट