चितवन ११ बैैैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर कोभिड प्रयोगशालाबाट ३३० जनाको पीसीआर र १८२ जनाको आरडीटी बाट कोरोना संक्रमण परीक्षण गरिएको बताउनु भएको छ ।
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन लागु गरेको एक महिना पूरा भएपछि मेयर दाहालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिनु भएको हो ।
विज्ञप्तिमा भनिएको छ, हालसम्मको तथ्यांक अनुसार ३३० पीसीआर र १८२ व्यक्तिहरुको आरडीटी (रेपिड डाईग्नोस्टिक टेस्ट) समेत गरिएको छ ्र जसमा दुईजना पोजिटिभ र बाँकी सबै नेगेटिभ परिणाम आएको छ । पोजिटिभ देखिएका बिरामीलाई भरतपुर अस्पतालको क्याबिनमा विशेष व्यवस्थासहित उपचार भैरहेको छ भने परीक्षणको नतिजा नआईसक्दासम्मको लागि कोरोना विशेष अस्पतालमै आइसोलेशन वार्डको पनि व्यवस्थापन गरिएको छ ।
विश्वव्यापी रूपमा कोरोना भाइरसले फैलाएको कोभिड १९ रोग महामारीका रूपमा देखिएपछि महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुबाट उत्पन्न सङ्कटसंग लड्न प्रयासहरु भैरहेका छन् ्र विज्ञप्तिमार्फत् मेयर दाहालले भन्नुभएको छ, नेपाल सरकारद्वारा प्रारम्भिक र प्रभावकारी विधि ‘लकडाउन’ घोषणा गरेको आज एक महिना पुगेको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, संघीय सरकारको निर्णय र निर्देशन अनुसार भरतपुर महानगरपालिकाले कोभिड १९ नियन्त्रण र रोकथामका लागि जिम्मेवारी र कर्तव्यबोधसहित जनचेतना, सम्प्रेषण, संदेश, सम्भावित संक्रमितहरुको तथ्यांक संकलन र स्वास्थ्य उपचारको पूर्वतयारीको रूपमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल (७० शैया) ७२ घण्टाभित्रै महानगरको सक्रिय पहलकदमी र चितवनका निजी क्षेत्रको सहभागितामा २०७६ चैत ७ गते तयार गरी संचालन गर्न सक्षम भयो ्र यस अवधिमा अस्पताल, क्वारेन्टाइन र रोग पहिचानका लागि अत्याधुनिक पीसीआर प्रयोगशाला, पर्याप्त स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीहरु, जिल्लाका सबै अस्पतालसंग समन्वयसहित सेवालाई व्यवस्थित गर्न सक्षम भएका छौं ्र यस अस्पतालबाट हालसम्म ६५१ जना बिरामीहरुले उपचार सेवा लिइसकेका छन् ।
भरतपुर महानगरपालिकाद्वारा स्थापित यस अस्पताललाई नेपाल सरकारले निर्धारण गरेको कोरोना विशेष अस्पतालका रूपमा परिभाषित गर्दै भरतपुर अस्पतालसंग एकाकार गरी प्राविधिक जनशक्ति व्यवस्थापनको सहजता र संचालनको एकरूपता कायम गर्दै थप मजबूत गरी सेवा प्रभावकारी बनाउन यसको व्यवस्थापनको अगुवाई भरतपुर अस्पतालले गर्ने र आवश्यक सहयोग र समन्वय महानगरपालिकाद्वारा गठित विशेष कार्यदलले गर्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर गरी हस्तान्तरणसमेत गरिसकिएको मेयर दाहालबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
भरतपुर महानगरपालिकाको आग्रहमा केन्द्रीय सरकारको प्राविधिक टोलीको निरीक्षण, भरतपुर अस्पताल, कृषि वन विश्वविद्यालय, क्यान्सर अस्पताल, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाको विशेष सहयोगमा र चितवनस्थित सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र र सम्पूर्ण जनसमुदायको सहयोगमा स्थापित कोभिड १९ परीक्षण प्रयोगशालाबाट चितवन र यस वरपर क्षेत्रका सम्भावित संक्रमितहरुको परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मेयर रेनु दाहालबाट जारी विज्ञप्तिमा भनिएको छ, यो लकडाउनबाट प्रभावित अति विपन्न परिवार, श्रमिक(मजदूर वर्गप्रति महानगरपालिका सदैव चिन्तित छ र महानगरको सापेक्षतामा व्यवस्थापनको पनि गृहकार्य गर्दै प्रारम्भिक रूपमा लक्षित वर्ग र राहतको अपेक्षा राख्ने परिवारहरुलाई तथ्यांक संकलन गरी राहत वितरण भैसकेको छ । राहत वितरण कार्यक्रमलाई महानगरले सबै वडामा र टोलहरुमा एकरूपतामा एकै गुणस्तर र मापदण्डमा कुल १५ हजार ३७० घरपरिवारले चामल, दाल, नून, तेललगायतका राहत सामग्री प्राप्त गरेका छन् । अब महामारीको अवस्था र लकडाउनको अवधिलाई ध्यान दिंदै आवश्यक राहत वितरणको निम्ति वास्तविक प्रभावितको तथ्यांक संकलन सम्बन्धित टोल र वडाहरुले गृहकार्य पनि जारी रहेको जानकारी गराउँदछौं ।
कुनै जनगुनासो, आपतविपत परेमा हेल्प डेस्क तथा टोल फ्री नम्बर १६६०५६५२२२२ र हटलाइन ०५६५२०७०६ बाट जानकारी दिन पनि अनुरोध गर्दछौं ्र मेयर रेनु दाहालबाट जारी विज्ञप्तिमा भनिएको छ, लकडाउनको पूर्ण परिपालनाको निम्ति, कृषि उत्पादनको बजारीकरण, दैनिक उपभोग्य वस्तुको उपलब्धता र सामाजिक जीवन पुनः सुरु गर्नका निम्ति चितवन जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जनप्रतिनिधि, अन्य पालिकाहरु र निजी क्षेत्रसंग निरन्तर समन्वय गर्दै आएका छौं ।
लकडाउन भएपनि महानगरपालिका कार्यालय तथा वडा कार्यालयका अत्यावश्यक कार्यहरु जस्तो फोहोर व्यवस्थापन, गुनासो सुन्ने, राहत वितरण व्यवस्थापन, तथ्यांक संकलन र समन्वयकारी कार्यहरु निरन्तर जारी रहेको विज्ञप्तिमा उल्लेख छ । यसका लागि निश्चित संख्यामा कर्मचारीहरु नियमित कार्यालयमा हाजिर भएको महानगर प्रमुख दाहालको भनाइ छ ।
कोभिड १९ विरुद्ध लड्नका निम्ति सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले गर्ने सहयोग एकद्वार प्रणाली मै व्यवस्थित गर्ने र रकम जम्मा गर्नसक्ने गरी विपद व्यवस्थापन राहत कोष खाता १९६०००००११०१ राष्ट्रिय वाणिज्य बैंकमा सुचारु गरिएको छ ्र मेयर रेनु दाहालबाट जारी विज्ञप्तिमा भनिएको छ, काठमाडौँ लगायत अन्य जिल्लाबाट पैदलयात्रुलाई खान र बस्न स्थानीय निजी तथा सामुदायिक संस्थाहरुको सहयोगमा विभिन्न ठाउँमा व्यवस्था गर्दै आएका छौं र निरन्तर जारी हुनेछ । नागरिक तहमा कोभिड १९ रोगसंग सम्बन्धित सूचना आदानप्रदान गर्नका लागि ‘महानगरपालिका प्रकोप व्यवस्थापन प्रणाली’ नामक मोबाइल एपसमेत तयार भएर संचालनमा ल्याइएको उक्त विज्ञप्तिमा उल्लेख छ । भरतपुर महानगरपालिकामा विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्यांक संकलन गरी २९८ जनालाई सम्पर्कमा ल्याई आवश्यक परीक्षण, उपचार र व्यवस्थापन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
कोभिड १९ जस्तो महामारी रोगको विरुद्ध अहोरात्र खटिनुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार खान, बस्न र स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरिएको छ ्र मेयर रेनु दाहालबाट जारी विज्ञप्तिमा भनिएको छ, कोभिड १९ नियन्त्रणका लागि प्रदेश सरकारले समेत सहयोग गरेको र महानगरपालिकाले आवश्यक रकम कोरोना अस्पतालको संचालनका लागि विनियोजन गरेको छ ्र राहत वितरणलाई प्रभावकारी बनाउन उप(प्रमुखको संयोजकत्वमा गठित अनुगमन समितिले राहत मापदण्ड परिमार्जन तथा अनुगमनका कार्य गरिरहेको छ ।
महानगरभित्रका रोकिएका पूर्वाधार निर्माणका कार्यहरु पनि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै संचालन गर्ने निर्णय भएको र सोही अनुसार शीघ्र कार्य थालनी हुने जानकारी दिँदै विज्ञप्तिमा भनिएको छ,लकडाउन अवधिमा भरतपुर महानगरपालिकाका आम जनसमुदायले देखाएको अनुशासन, सदाशयता र महानगरको अभियानलाई दिएको साथ र सहयोगप्रति हामी कृतज्ञ छौं । लकडाउनको अवधि स्वाभाविक रूपमा कष्टकर नै हुने गर्दछ । प्राकृतिक संकटका रूपमा आएको कोरोना र यसले ल्याउने सम्भावित महामारीको त्रासभन्दा लकडाउनमा भएको कष्टलाई सहज रूपमा नै लिनुभएको छ । महानगरवासीहरुलाई हरसम्भव सहयोग समन्वय गर्न दत्तचित्त भएर लागेका छौं ।
कोभिड १९ विरुद्ध खटिईराख्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीप्रति गर्व गर्दै, सहयोगी संस्थाहरुले गरेको योगदानलाई सम्मान गर्दै आगामी दिनमा पनि हातेमालो गर्दै संकटलाई पार लगाउने कार्यमा लाग्न मेयर दाहालले आह्वान गर्नु भएको छ ।