चितवन समाचारडटकम
माघ २७, चितवन ।
युवा तथा खेलकुद मन्त्री जगतवहादुर विश्वकर्माले चितवनमा वन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाकाे अाम्दानी सार्वजनिक हितमै प्रयोग हुने वताउनुभएकाे छ ।
भरतपुरमा आज पत्रकारहरुसङ्ग कुराकानी गर्दै मन्त्री विश्वकर्माले रङ्गशाला निर्माण पछि हुने आम्दानी सार्वजनिक हितमै प्रयाेग हुने स्पष्ट पार्नुभयाे ।
म सवैलाई ढुक्क रहन अाग्रह गर्दछुु , खुलेर सहयाेग गर्नुहाेस् सवैकुरा पारदर्शी हुनेछ – मन्त्री विश्वकर्माले भन्नुभयाे ।
समृद्ध नेपाल सुखि नेपालीकाे नारालाई धुर्मुश सुन्तली फाउन्डेसनले सहयाेग पुर्याएकाे उहाँले वताउनुभयाे । यस्ता विभिन्न सामाजिक सङ्घसस्था, निजि क्षेत्र सवैकाे सहयोगमा सरकार अघि वढ्नेछ, मन्त्री विश्वकर्माले ले भन्नुभयाे । देशमा समग्र खेलकुदकाे बिकासमा सरकार लागिपरेकाे उहाँले बताउनुभयाे ।सातै प्रदेशमा खेलग्राम निर्माण गरिने मन्त्री विश्वकर्माले वताउनुभयाे ।