चितवन , ९ बैशाख ।
चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले भरतपुर अस्पतालले नागरिककाे स्वास्थ्य उपचारमा हाल गरिरहेकाे ब्यवस्थापन बारे आज जानकारी लिएको छ ।
समितिका अध्यक्ष कमलराज पाठक, सदस्यहरु तीर्थ नेपाल र सुरेश अधिकारीकाे टाेलीले अस्पतालका अध्यक्ष डा.भाेजराज अधिकारीसंग भेटि यस बिषयमा छलफल गरेकाे हाे ।
साे क्रममा समिति अध्यक्ष पाठकले अत्यावश्यकीय स्वास्थ्य उपचारबाट काेहि पनि नागरिक बन्चित हुन नपराेस् भनी अस्पतालकाे ध्यानाकर्षण गराउनुभयाे ।
बिकास समितिका अध्यक्ष डा.अधिकारीले नागरिकको अत्यावश्यकिय स्वास्थ्य उपचारमा अस्पताल संवेदनशील रहेकाे जनाउँदै काेभिड-१९ उपचार सेवा, अाकस्मिक उपचार सेवा, प्रसुति सेवा चलिरहेकाे प्रकाश पार्नुभयाे ।
अस्पतालमा अाउने अन्य बिरामीकाे सङ्ख्या घटेको तर्फ संकेत गर्दै अधिकारीले अाकस्मिक स्वास्थ्य समस्या परेका बिरामी निर्धक्कपुर्वक अस्पताल अाउन अपिल पनि गर्नुभयाे । काेराेना उपचारका लागि अत्यन्तै सतर्कता र उच्च साबधानि अपनाईएकाेले कुनै असहजता नमान्न उहाँको अाग्रह छ ।भरतपुर अस्पताल र यसै अस्पतालबाट सञ्चालित काेराेना अस्पताल बाट काेभिड-१९ काे उपचार सेवा चलिरहेको उहाँले जानकारी दिनुभयो । ७० बेडमा काेराेना अस्पताल र ४१ बेडमा भरतपुर अस्पतालमा सेवा सञ्चालन रहेकाे उहाले बताउनुभयाे ।
अस्पताल बिकास समितिले ५० लाख रुपैयाँ सम्मकाे थप प्राविधिक सामाग्री खरिदकाे तयारी गरि निर्णय गरिएको पनि उहाले जानकारी दिनसभयाे । सरकारले श्रेणीगत रुपमा काेभिड-१९काे उपचार गर्न अस्पताल बिभाजन गरेकोमा तेश्राे अर्थात अति जाेखिम बिरामीको उपचार गर्ने अस्पताल पनि चितवनमा ताेकिदिन केन्द्रमा अाग्रह गरिएको अधिकारीले जानकारी दिनुभयाे ।” चितवनमा अति जाेखिम बिरामीकाे उपचार गर्ने पनि क्षमता छ तर सरकारले निर्दिष्ट गरेन, हामीले यहाँका मेडिकल कलेज मध्ये एकलाई त्यस्तो ताेकिदिनु पर्याे भनेका छाैं” -अधिकारीले भन्नुभयो । भवितव्य परेमा जिल्लामा २५० बेड क्षमतामा अस्पतालहरु र त्यसको एकतिहाई भेन्टिलेटर सुविधा उपयाेग गर्न सकिने अवस्था रहेकाे उहाँले जानकारी दिनुभयाे ।


