हेम राज रिमाल
चितवन, ९ बैशाख :
चितवनको भरतपुरमा अवस्थित रेडियो त्रिवेणी १००.६ मेगाहर्जले नेपाल प्रेस युनियन चितवनको पत्रकार राहत कोषमा १५ हजार रुपैयाँ सहयोग गरेको छ । रेडियो त्रिवेणीका प्रबन्ध निर्देशक सुदिप सिंह अधिकारीले आज मंगलबार प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाललाई सो रकम बराबरको बैंक चेक हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा प्रबन्ध निर्देशक अधिकारीले कोरोना महामारीसंगैको लक डाउनका कारण प्रत्यक्ष मारमा परेका पत्रकार तथा संचारकर्मीलाई लक्षित गरी राहत कोष स्थापना गरेकोमा युनियनप्रति धन्यवाद ब्यक्त गर्नुभयो ।
यसअघि रेडियो त्रिवेणीले माहामारीमा जोखिम मोलेर बिरामीको सेवामा खटिने चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई लक्षित गर्दै भरतपुर अस्पताललाई दुई चरणमा गरि ६० थान पिपिई सहयोग गरेको थियो ।


