चितवन समाचारडटकम, ८ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल, पार्टी नेता एवम् प्रतिनिधि सभा सदस्य कृष्णभक्त पाेखेरल र प्रदेश सभा सदस्य घनश्याम दाहालले लकडाउनले अलपत्र परेका सर्वसाधारणलाई नारायणगढमा सहयोग पुर्याउनु भएको छ ।
बर्दिया सम्म जान हिडेका करिब ३० जना पैदल यात्रुलाई गाडिकाे प्रवन्ध गरि त्यस तर्फ पठाईएकाे अध्यक्ष दाहालले जानकारी दिनुभयाे ।
काेराेनाकाे राेकथाम गर्दै अफ्ठ्यारामा परेका जनतालाई सहयोग पुर्याउन बर्तमान सरकार र पार्टी गम्भीरतापुर्वक लागिपरेको अध्यक्ष दाहालले बताउनु भयाे ।
साेहि क्रममा नेताहरूले शरीरकाे पुरै सेनेटाईजिङ् गर्ने मेशिन नारायणगढ पुल्चोकमा राखेकाेमा स्थलगत निरिक्षण गरि युवा उद्यमि मञ्च चितवनलाई धन्यवाद ब्यक्त गरे । साे मेशिन युवा उद्यमि मञ्च ले राखेकाे हाे । साथै अाज नै मञ्च ले प्रहरीलाई शरिरकाे तापक्रम मापन गर्थे थर्मल गन पनि प्रहरीलाई सहयोग हस्तान्तरण गरेकाे थियाे ।