पूर्व अध्यक्ष राजभण्डारीद्वारा माक्स हस्तान्तरण

चितवन, ७ वैशाख । भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष राजकुमार राजभण्डारीले भरतपुर अस्पताललाई आइतबार एकसय थान एन ९५ माक्स प्रदान गर्नु भएको छ ।
उहाँले अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको रोहोबरमा मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई माक्स हस्तान्तरण गर्नु भएको हो । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचारमा सुरक्षित हुन सहयोग पुगोस भन्ने उद्देश्यले आफुले सहयोग गरेको राजभण्डारीले बताउनु भयो ।
माक्स ग्रहण गर्दै अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. तिवारीले सबैको सहयोग र शुभेच्छाले स्वास्थ्यकर्मीहरुमा मनोवल वढ्दै गएको बताउनु भयो । यस्ता सहयोगले कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि ठूलो सहयोग पुग्ने उहाँको भनाई थियो ।

शेयर गरौ

ताजा अपडेट