कानुन समिति बैठकको ध्यानाकर्षण : पैदल यात्रुलाइ सुरक्षित लैजाउ

चितवन ६ बैशाख । कानुन, न्याय तथा मानव अधिकार समितीको आज बसेको अनलाइन बैठकले पैदल हिड्न बाध्य भएका जनतालाइ सुरक्षीत गन्तब्यमा लैजान सरकारलाई ध्यानाकर्षण  गराएको छ ।

समितिका सभापति कृष्ण भक्त पोखरेलको अध्यक्षतामा बसेको बैठकले पैदल हिड्न बाध्य भएकालाइ थाकथलोमा लैजान सहित विभिन्न निर्णय गरेको हो । बैठकमा  देव गुरूंग, वालकृष्ण खाड,  लक्ष्मणलाल कर्ण, राजेन्द्र गौतम, लालवहादुर थापा, समिना हुसेन लगायतको उपस्थिती रहेको थिियोे ।

बैठकमा  कोरना भाइरसको प्रभाव पछि मुलुकमा देखिएको विपतको अवस्था, लक डाउनको प्रभावकारिता , खान पाउने र उपचार पाउने नागरिकको मौलिक हकको कार्यन्वयनको अवस्था जस्ता विषयमा विधुतिय माध्यम बाट छलफल भएको थियो ।

बैठकले सरकारलाइ गरेका ध्यानाकर्षणहरु 

१, खाना वस्न कठिन भई आफ्नो थाकथलोमा देश भित्रवाटै फर्कन चाहाने दाजुभाई दिदी वहिनीहरूलाई पैदलयात्रा गर्न वाध्य नवनाई सुरक्षा सहितको सवारीवाट स्थानिय र प्रदेश सरकारको समन्वयमा गन्तव्यमा पुर्याउने वा जुन ठाऊमा छन् त्यही ठाऊमा खान वस्नको राम्रो प्रवन्ध गर्ने व्यवस्था मिलाउन ।

२, चिकित्सक र स्वास्थकर्मी को सुरक्षाको प्रवन्ध गर्न र औषधी , उपकरण लगाएत समाग्रीहरूको सन्चय र समन्यायीक वितरण गर्न ।

३, वन्दीहरूलाई छुट गर्न मिल्ने सम्म छुट गरी कारागारको चाप घटाउने तर्फ यस अघि दिएको निर्देशन कार्यन्वयन गर्न ।

४ सिमा क्षेत्रको सुरक्षालाई कडाई गर्न ।

५ व्यक्तीको खान पाउने हक र उपचारको हक मौलिक हक भएकाले खाना र औषधी अभाव भएका सवै व्यक्तीलाई क्षेत्र वा अन्य कुनै आधारमा भेदभाव विना उपलव्ध गराउन,।

६, विपत व्यवस्थापन सम्वन्धी कानुनको माथी देखी तल सम्म कार्यन्वयन गर्न ।

७,विदेशमा रहेका नेपाली नागरिक को अवस्था वारे नियमित अनुगमन गरी उनिहरूको मानव अधिकारको रक्षा गर्ने दिशामा पहलकदमी लिन ।

शेयर गरौ

ताजा अपडेट