भरतपुरमा आज ४२ जनाकाे पिसिआर जाँच : सबै काेराेना नेगेटिभ

चितवन समाचार डटकम, ५ बैशाख ।

भरतपुर काेभिड-१९ परिक्षण प्रयाेगशालामा आज परिक्षण गरिएको सवैकाे स्वाव काेराना नेगेटिभ आएकाे छ ।

भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पाैडेलका अनुसार आज ४२ जनाकाे पिसिआर परिक्षण गरिएको थियाे । उनीहरू सबैकाे नतिजा राम्रो आएकाे हाे ।

भरतपुर अस्पतालकाे आईसाेलेसनमा हाल ३४ जना राखिएको जनाईएकाे छ ।

चितवन राप्ती नगरपालिकाका दुई जनालाई टेकुमा गरिएको पुन परिक्षण बाट काेराेना पुष्टि भएको थियाे । उनीहरू पनि भरतपुर अस्पतालकाे आईसाेलेसनमै छन् ।

शेयर गरौ

ताजा अपडेट