कानुन सभापतिद्वारा गृहमन्त्रीको ध्यानाकर्षण : पैदलयात्रुलाई गाडीमा लैजाँउ

चितवन समाचारडटकम, ५ बैशाख ।
लकडाउनले समस्या परेपछि शहर सदरमुकामबाट आ-आफ्ना घर जान पैदल हिडेका सर्वसाधारणकाे मर्काबारे कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पाेखरेलले गृह मन्त्रालयकाे ध्यानाकर्षण गराउनुभएकाे छ । गृहमन्त्री रामवहादुर थापा र गृह सचिव महेश्वर न्याैपानेलाई पैदल यात्रुलाई सुरक्षित तवरले सवारीसाधनकाे ब्यवस्था गरि घर पठाउने ब्यवस्था मिलाउन सभापति पाेखरेलले ध्यानाकर्षण गराउनुभएकाे हाे । टेलिफोन संवादका क्रममा उहाँहरुले यस समस्याकाे छिट्टै समाधान खाेजिने बताउनुभएको सभापति पाेखरेलले जानकारी दिनुभयाे । केन्द्र बाट निर्णय अाउन पुर्व स्थानीय सरकारहरुले पनि सर्वसाधारणकाे मर्का बुझि निर्णय लिन पाेखरेलले अाग्रह गर्नुभएको छ । साथ देश बाहिर रहि समस्या बेहाेरिरहेका नेपालीहरुलाई स्वदेश फिर्ताको बातावरण बनाउन सांसद पाेखरेलले सरकारसङ्ग अाग्रह गर्नुभएको छ ।

शेयर गरौ

ताजा अपडेट