गृहमन्त्री थापासंग सांसद पाण्डेको माग : पैदल यात्रुलाई गन्तव्यमा लैजानु वा खान वस्नको व्यवस्था गर्नु

चितवन ५ बैशाख । चितवनको निर्वाचन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले चितवन हुदै गन्तव्यमा जान पैदल हिडेकालाई सम्वन्धीत स्थानमा लैजान गृहमन्त्री रामबहादुर थापा बादलसंग अनुरोध गर्नु भएको छ ।
राजधानी काठमाण्डौं, पोखराबाट चितवनको बाटो हुदै पूर्व र पश्चिम पैदलै हिडेकाहरुकालाई सवारीसाधनको माध्यमबाट गन्तव्यमा पु¥याउन अनुरोध गर्नु भएको हो । खाने सामग्रीको अभाव भएर पैदलै हिड्नेको सख्या वृद्धि भएपछि नेता पाण्डेले आज विहान गृहमन्त्रीलाई टेलिफोन गरी तत्काल अवस्था सहज बनाउन माग गर्नु भएको हो ।
काठमाण्डौबाट पूर्व र पश्चिम जानको लागि पृथ्वीराजमार्ग हुदै नारायणगढ सर्वसाधारण आउने क्रम वृद्धि भएको छ । विहीबार मात्रै चितवनका सिमाना मोवा खोलामा पैदल हिड्नेलाई रोकेर अवस्था असहज भएपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी र स्थानीय पालिकाले सवारी साधनको माध्यमबाट गन्तव्यमा लैजाने काम गरेको थियो ।
शुक्रबार पनि जिल्लाको मुख्य राजमार्ग भएर गन्तव्यमा जानको लागि सर्वसाधारणको भिड वृद्धि भएको छ । मजदुरी गर्नेहरु सबैभन्दा धेरै समस्यामा परेका छन् । नेकपामा स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री समेत रहनु भएका नेता पाण्डेसंगको कुराकानीमा गृहमन्त्री रामवहादुर थापा वादलले दिउसो बैठक बसेर आवश्यक पहल गर्ने बताएको पाण्डेले जानकारी दिनु भयो । नेता पाण्डेले पैदल हिड्नेलाई खान र वासको व्यवस्था वा गन्तव्यमा पुग्ने सहज वातावरण बनाउन गृहमन्त्रीसंग माग गर्नु भएको छ ।
आज पनि मुग्लिनको बाटो भएर नारायणगढ तर्फ आउने पैदलयात्रीहरु भएको मुग्लिनबाट पत्रकार रोहीणी त्रिपाठीले जानकारी दिनु भयो । उहाका अनुसार विहान ४ बजेदेखिनै पैलद हिड्ने मजदुरहरु भेटिएका छन् । गोरखाबाट महेन्द्रनगर जानको लागि ६० जनाको सख्यामा पैदल हिडेको उहाले जानकारी दिनु भयो ।
इच्छाकामना गाउपालिका प्रमुख गिता गुरुङले पैदल हिड्ने यात्रुलाई गन्तव्यमा जाने वातावरण मिलाउने काम भएको बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट