कटारीमा खानेपानी महसुल छुट

उदयपुर, ३ बैशाख ।
विश्वव्यापी संक्रमण कोरोना भाईरस कोभिड १९ का कारण पुगेको असरलाई मध्यनजर गर्दै कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारी उदयपुरले उपभोक्ताहरुलाई खानेपानी महशुल छुट दिने भएको छ । संस्थाको समितिले निर्णय गर्दै यस अघिको सबै महशुल यहि वैशाख मसान्तसम्ममा तिरिसक्ने उपभोक्ताहरुलाई गएको चैत्र महिनाको महशुल नलिने भएको हो ।
लकडाउनका समयमा व्यापार व्यवसाय ठप्प हुनुका साथै ज्याला मजदुरी समेत गर्ने वातावरण नभएकाले उपभोक्ताहरुलाई परेको असरलाई ध्यानमा राख्दै समितिले पानीको महशुल छुट दिने निर्णय गरेको हो ।यस विषम परिस्थितिमा उपभोक्ताहरुलाई सहज होस भनेर महशुल नलिने निर्णय गरेको समितिका अध्यक्ष दोजराज पौडेलले बताउनुभयो । संस्था अन्र्तगत कटारी बजार र आसपासमा गरी १४ सय उपभोक्ताहरुले खानेपानी प्रयोग गर्दै आईरहेका छन् ।

शेयर गरौ

ताजा अपडेट