चितवन २ बैशाख । लामो समयमसम्म देशभर बन्दाबन्दी (लकडाउन) भइरहेका बेला यसको ठूलो असर तरकारी उत्पादक किसानलाई परेको छ ।
वेमौसमी तरकारी उत्पादन गरेर आम्दानी गर्ने समयमा बन्दाबन्दीले किसानलाई प्रत्यक्ष प्रभाव पारेको छ । स्थानीय उत्पादनको उपयुक्त समय भए पनि बजारसम्म तरकारी नपुग्दा उत्पादक किसानलाई लगानी डुव्ने र फलेको सामग्री कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता लागेको छ ।
बजारसम्म तरकारी लैजान नसक्दा बारीमा कुहिने अबस्था रहेको किसानहरू बताउंँछन् । तरकारीको माग राम्रै भए पनि बजार हुँदै उपभोक्तामाझ पुग्न नसक्दा यो अवस्था आएको हो । स्थानीय प्रशासनले तरकारी ढुवानी र वितरणमा कडाइ गर्दा आफ्नो तरकारी खेर गएको किसानको गुनासो छ ।
भरतपुर महानगरपालिका शुक्रनगरका किसान छविलाल न्यौपाने भन्नुहुन्छ ‘वारीमा फलेको तरकारी कसरी बिक्री गर्ने भन्ने चिन्ताले निन्द्रा लाग्दैन, यही समयमा गत वर्ष बेचेर भ्याइदैनथियो । सामान्य अवस्थामा वारीबाटै एकसय रुपियाँमा बिक्री हुने वोडी अहिले २० मा लैजान मुस्किल भएको छ ।

उहाले तनेवोडी, घिरौला, लौका, फर्सी लगाउनु भएको छ । वोडी, लौका र घिरौला बिक्री भएपनि फर्सी बिक्री नहुदा बारीमा नै सडेर गएको गुनासो गर्नु भयो । तरकारी विक्री गर्ने गाडीलाई सहज जान दिने, बजारमा विक्री खरिद गर्न दिने व्यवस्था नगरे हामी किसान ऋणमा डुवेर जानेछौ उहाले आफ्नो पीडा सुनाउनु भयो ।
उपभोक्ताले खान नपाउने, किसानको बारीमा तरकारी सड्ने अवस्था छ । सुरक्षित तरिकाले किसानले उत्पादन गरेको सामग्री बिक्री गर्न दिने व्यवस्था प्रशासनले गर्नु पर्ने उहाको भनाइ छ । हामीसंग सामग्री छ बजार लैजान सकिएको छैन ।
भरतपुर महानगरपालिका २६ का खत्रौलीका किसान दीपक तिमिल्सिना आफ्नो बारीमा भएको तरकारी बिक्री नहुंँदा चिन्ता थपिएको बताउंँछन् । स्थानीय बजारमा कम खपत हुन्छ, बजार लैजान पाएको छैन, उहाले भन्नु भयो । तिमिल्सिनाले ११ बिघामा तरकारी लगाउंँदै आएका छन् । अहिले उनको बारीमा गोलभेडा, बोडी, घिउ सिमी बिक्रीका लागि तयारी अवस्थामा छन् । लकडाउनअघि तरकारीको सहज आपूर्ति भए पनि अहिले तरकारी बिक्री ठप्पजस्तै भएको उहाले बताउनु भयो ।

तरकारी खेतीका लागि पकड क्षेत्र मानिएको पश्चिम चितवनमा ढुवानी सहज नहुंँदा र उपभोक्ताको घरमा सहजै पुग्न नसक्दा किसानको उत्पादन खेर गएको हो । भरतपुर महानगरपालिका २५ का अर्का किसान अनुप सुवेदीले १५ बिघामा तरकारी लगाएका छन् । तर बजारसम्म पु¥याउन नपाउंँदा समस्या भएको उहा बताउंँनु हुन्छ । गाउंँघरका पसलेले केही मात्रामा त लान्छन उहाले भन्नु भयो, तर मेरो उत्पादन बढी छ । खपत न्यून छ । उहाका अनुसार बेलाबेलामा तरकारी खेतीमा मूल्यको समस्या आए पनि बिक्री नै नहुने समस्या भने पहिलोपटक आएको हो ।

स्थानीय उत्पादनका लागि ढुवानी सहज नभए पनि दैनिक दर्जनौं ट्रक तरकारी भारतबाट आइरहेका छन् । स्थानीय उत्पादनले बजार नपाउँदा सरकारले भारतीय तरकारी गाडीलाई रोक लगाउनुपर्ने किसानको भनाइ छ ।
महानगर तरकारी तथा फलफूल बजार नारायणगढका निर्देशक थीरप्रसाद धिताल तरकारीको माग उच्च भए पनि बजारै बन्द हुंँदा किसानले थप घाटा बेहोर्नुपरेको बताउनु हुन्छ । ‘चैत १८ गतेसम्म त तरकारी बजार खुलाएका थियौं ’ उहाले भन्नु भयो, ‘भीड बढी भएका कारण पूर्ण रूपमा प्रशाशनले बन्द गरिदियो ।’ तरकारी आपूर्ति र वितरण उच्च सावधानीका साथ सुचारु गर्नुपर्ने धितालले बताउनु भयो । यहांँको तरकारी तथा फलफूल बजारबाट काठमाडौं, बुटवल, पोखरा, तनहुँलगायत जिल्लामा आपूर्ति हुने गरेको छ । यहांँ स्थानीय तरकारी दैनिक ७५ टन, बाह्य जिल्लाबाट ५० टन र भारतबाट ७५ टन बराबरको आपूर्ति हुने गरेको धितालको भनाइ छ ।
तरकारी बिक्री गर्न समस्या भएपछि किसान छबीलाल न्यौपाने आफ्नो पीडा सुनाउदै ।


