भारतमा लकडाउन १८ दिन थप : बैशाख २१ गतेसम्म

काठमाडौं, २ बैशाख । भारतमा लकडाउनको अवधि ३ मे सम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधनको क्रममा लकडाउनको म्याद १८ दिनको लागि थपिएको बताउनुभएको छ ।
राज्यमा कोरोनाभाइरस संक्रमणको अवस्थाको मूल्याङ्कन गरी २० अप्रिलदेखि केही खुकुलो गर्ने प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा प्रष्ट्याउनुभयो । भारतमा कोरोनाभाइरस संक्रमणको बढ्दो जोखिमका बीच मार्च २५ देखि तीन साताको लागि लकडाउनको घोषणा गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट