चार देशका राजदुतद्वारा एकमहिनाकाे तलब काेराेना राहतकाेषलाई

चितवन,३० चैत ।
दक्षिण पूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार देशका नेपाली राजदुतहरुले एक महिनाको तलब नेपाल सरकारद्वारा स्थापन गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने भएका छन् ।
मलेसियाका उदयराज पाण्डे, बर्माका भिमकुमार उदाश, अष्ट्रेलियाका महेशराज दाहाल र थाईल्याणका गणेशप्रसाद ढकालले एक महिनाको तलब कोषलाई दिने अष्टे«लियका राजदुत दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार चार देशका राजदुतहरुको सामुहिक निर्णय भएको हो । यस्तै आ आफ्नो कार्यक्षेत्रमा रहेका नेपालीहरुलाई कोरोनाको संक्रमण हुन नदिन उच्च सतर्कता चरावटै देशका राजदुताबासले अपनाई रहेको उहाँले बताउनुभयो ।

ताजा अपडेट