चितवनका परमेश्वर खनाल नेविसंघ केन्द्रीय सदस्यमा मनोनीत

चितवन समाचारडटकम , २६ माघ ।

चितवनका युवा विद्यार्थी नेता परमेश्वर खनाल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य पदमा मनोनयन हुनुभएको छ ।
संघको २०२७ को छैठौं संसोधित बिधान अन्तरगत रिक्त रहेको खाली पदमा केन्द्रीय अध्यक्ष नैनसिंह महरले आफ्नो अधिकार प्रयोग गर्दै खनाललाई केन्द्रिय सदस्यमा मनोनीत गर्नुभएको हो ।
डेढ दशक देखी विद्यार्थी राजनीतिमा सक्रिय खनाल नेविसंघ सप्तगण्डकी वहमुखी क्याम्पस भरतपुरको सचिव , ईकाई अध्यक्ष , संगठनले आघि सारेको स्ववियु सभापति र जिल्ला सचिव पदको जिम्मोरी पुरा गरीसक्नुभएको छ ।
नवनियुक्त केन्द्रीय सदस्य खनालले चितवन जिल्लामा लामो समयदेखी संगठनमा देखा परेको आन्तरिक समस्या मिलाएर आसन्न स्ववियु निर्वाचनको तयारीमा जुट्ने आफ्नो अहिलेको कार्ययोजना रहेको बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट