कोरोनाको त्रास : स्थानीयले गरे टोलटोलमा सडक अवरुद्ध (फोटो फिचर)

चितवन २४ चैत । कोरोना रोग संक्रमणको त्रासले भरतपुर महानगरपालिकामा स्थानीयले भित्री सडक बन्द गराएका छन् ।
महानगरपालिकाको वडा नं. १० को विभिन्न टोलमा बाँसले बार लगाएर सडक अबरोध गराएका हुन् । विहान बेलुका जमघट हुने, सडकमा पैदल हिड्नको सख्या वृद्धि भएको, मोटरसाइकल तिब्र गतीमा दौडाएको जस्ता गतिविधि वृद्धि भएपछि यहाँका स्थानीयले सडक बन्द गराएका हुन् ।
भरतपुर महानगरपालिकाको वडा नं. १० को ढुङगाना चोक, ज्ञानदर्शन चोक, नहर चोक, पुरानो मेडिक कलेज नजिकको मार्ग, वडा नं. ११ को भित्री सडक, वडा नं. ९ का भित्र सडकहरुमा अहिले बार लगाएर आवागमन रोकिएको छ । दुध विक्री पसलमा समेत सामाजिक दुरी कायम राखेर विक्री वितरण गरिदै आएको छ ।

 

शेयर गरौ

ताजा अपडेट