संगीता बानिया थापा
चितवन समाचार डटकम, २३ चैत । अविनाश ग्रुप अफ पाेल्ट्रि ईण्डष्ट्रिज तथा स्काईलार्क एग्राे प्रालिले भरतपुर महानगरपालिकालाई १० हजार थान सर्जिकल मास्क सहयाेग प्रदान गरेकाे छ ।
काेराेना नियन्त्रण अभियानमा महानगरलाई सहयाेग पुर्याउने उदेश्यले मास्क दिईएकाे हाे । कम्पनीका तर्फवाट टीका पाेखरेलले महानगर प्रमुख रेनु दाहाललाई सहयाेग हस्तान्तरण गर्नुभयाे । सबैकाे हातेमालो र सहयोगबाट काेराेना नियन्त्रण अभियान प्रभावकारी बन्ने भन्दै साे कम्पनीलाई महानगर प्रमुख दाहालले धन्यवाद ब्यक्त गर्नुभयो । साे अवसरमा प्रदेश सभा सदस्य बिजय सुवेदी , भरतपुर अस्पतालका अध्यक्ष डा.भाेजराज अधिकारी समेत उपस्थित हुनुहुन्थ्यो ।


