प्रधानमन्त्रीलाई नेकपा युवा नेताको खुला पत्र

 

निर्देश त्रिपाठी

सम्माननिय प्रधानमन्त्री ज्यु अभिवादन नमस्कार ।  हजुर आरमै हुनुहुन्छ होला मलाई पनि आरामै छ। तर पक्कै पनि देश र जनतालाई भने आराम नभएको महसुस गरिरहेको छु । विश्व महामारीको रूपमा आइरहेको कोबिड १९ कोरोना भाइरसले गर्दा यतिबेला आतंककित भैरहेको अवस्थामा नेपाल पनि अछुतो  छैन ।

अर्को कुरा तपाईंको स्वास्थ कमजोर छ विशेष ध्यान पुर्‍याउनु होला प्रधानमन्त्री ज्यु। अहिले देश कोरोना भाइरसले पिरोलिएको अबस्थामा नेकपाको दुइतिहाइ सरकार छ ।  पक्कै पनि दुइतिहाइको सरकारसग जनताको अपेक्षा धेरै नै हुन्छ । महामारी रोगको कारण  देश ठप्प भएको  छ । कतिबेला लकडाउन निश्चित छैन  । देश रोइरहेको बेलामा दुइतिहाइ नेकपाको सरकारका मन्त्रीहरु भने शृङ्खला  भ्रस्टाचार सग जोडिनुले कतै प्रधानमन्त्री ज्युको सुखी नेपाली समृद्ध नेपाल तुइने त होइन भन्ने चिन्ता लाग्न थालेको छ ।

पछिल्लो सुन्ने गरेको छु सल्लाहकारहरुले तपाइलाई गुम्राहमा राख्ने र गलत ब्रीफिङ गर्ने भन्ने कुरा सुनेको छु । के यो सत्य हो होइन तपाइले ध्यान दिनु पर्छ भन्ने मेरो भनाइ छ ।  बुढा पाकाहरुले भन्ने गर्ने उखान ” राजा त ठिकै हो तर सल्लाहकार चाहिँ ” भन्ने कुरा त सत्य साबित भएको होइन ?  । सम्माननीय प्रधानमन्त्री ज्यु तपाईंको सचिबालयमा रहनु भएका सदस्यहरु खारेज गर्नुस नया र योग्य ब्यक्ति छानी छानी ल्याउनुस । जबसम्म योग्य ब्यक्ति सबैलाइ मिलाएर लैजानुहुन्न तबसम्मन सुखी नेपाली समृद्ध नेपाली आकाशको फल अँखा तरि मर सिवाय केही हुने छैन । खाली आफ्नो गुट र टिम मात्र नहेर्नुस सम्मानिय प्रधानमन्त्री ज्यु ।

हजुरलाई अहिले आक्रान्त पारेकै टिम गुट र छोराछोरी नाति नातिनिहरुले हो चाहे त्यो सचिबालयमा होस वा मन्त्री मण्डल होस वा प्रदेशमा । सबै खारेज गर्नुस प्रधानमन्त्री ज्यु । योग्य र सक्षम युवा, अनुभवी नेताहरु धेरै हुनुहुन्छ उहा हरुलाइ ल्याउनुहोस । अहिलेका तपाईंका सचिवलयका सबै सदस्यहरु मन्त्री ज्यु हरु कुनै न कुनै भ्रस्टाचारमा जोडिएको भन्दै आलोचित भएका छन ।  चाहे निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा भन्नुस चाहे स्वास्थ्यमन्त्री भानु भक्त ढकाल भन्नुस ।

७० करोड कान्ड राजीनामा गरिसक्नु भैसकेको छ । अहिले बहुचर्चित स्वास्थ्य सामग्री खरिद प्रकरणमा हजुरको सचिबालय सदस्यहरु तिनका छोरा र मन्त्रीज्यु हरुका नाम जोडिएर आएका छन । यस बारेमा तपाईंले आम नेपाली जनतासामु जवाफ दिनै पर्ने हुन्छ ।  हैन भने सम्म्मानिय प्रधानमन्त्री ज्यु हजुरलाई इतिहासले धिक्कार्ने छ र प्रमाणिात गर्नै पर्ने हुन्छ भ्रस्टाचार भाको छैन भनेर । नेकपामा धेरै योग्य ब्यक्ति युवाहरु नेताहरु छन ।

जस्ले यो भन्दा अगाडि विभिन्न मन्त्रालय चलाएर बसेका पाका अनुभव उहाहरु सङ छ । तीनै नेतालाइ   जिम्मेवारि किन दिनुहुन्न यो जवाफ नेपाली जनतामाझ दिनै पर्ने हुन्छ । गुट नमिलेर नदिनुभाको कि आफ्नो टिम नमिलेर । सचिबालय पनि तपाईंकै टिमको गुटको हुनुपर्ने सबै मन्त्री तपाईंकै गुटको टिमको हुनुपर्ने हरेक प्रदेशका मुख्यमन्त्री प्रदेशका मन्त्री पनि तपाईंकै गुटको हुनुपर्ने ।

खेलकुदको निकाएमा पनि तपाईंकै गुट्को हुनुपर्ने । अरु ब्यक्तिले जिम्मेवारी कहिले पाउने सम्मानिय प्रधानमन्त्री ज्यु । यस विषयमा प्रधानमन्त्री ज्यु विशेष चनाखो र गम्भीर हुनुपर्ने बेला आएको छ । हामी युवा साथमा साथ दिन तयार छौ । यस्तो मानव जाती संकटको बेलामा पनि भ्रष्टाचारमा लिप्तहुने मन्त्रीज्युहरुलाइ केही पनि कारबाही गर्न सक्नुहुन्न प्रधानमन्त्री ज्यु आजै बर्खास्त गर्नुस खुब नैतिकताको कुरा गर्छन कहाँ आयो नैतिकता । सरकार र नेकपा जनताको पक्षमा छ भन्ने कुराको प्रमाणित गर्नुस सम्मानिय प्रधानमन्त्री ज्यु ।

हजुरका धेरै छोराछोरी नातिनातिना चाहे त्यो केन्द्रमा होस या प्रदेशमा हजुरलाई गुम्राहामा राखिरहेकाछन छिट्टै नै त्यो जालो तोड्न सफल हुनुहोस प्रधानमन्त्री ज्यु । हामी सबै मिलेर हजुरलाई साथमा साथ दिन तयार छौ । आजको महान संकट सबै मिलेर टारौ सामना गरौ लक डाउनको सबै जनताले पालना गरौ ।

शेयर गरौ

ताजा अपडेट