एकै दिनमा तीनजना कोरोना संक्रमित : अब नेपालमा नौजना पुगे

काठमाडौँ २२ चैत । नेपालमा एकैदिन ३ जनामा कोरोनाको संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुम्बईबाट फर्किएका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीले जानकारी दिनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट