चितवन २० चैत । कोरोना रोग भए नभएको पत्ता लगाउने ल्याब राख्नको लागि स्वास्थ्य मन्त्रालयको टोली चितवन आएको छ ।
सरकारले सातै प्रदेशमा यस्तो ल्याब राखेको छ । मेडिकल सिटिको रुपमा बिकसित भएको भरतपुरमा पनि कोरोना कोभिड १९ पत्ता लगाउने ल्याब चितवनमा नै राख्नु पर्ने दवाव परेको थियो ।
मन्त्रालयबाट आएको प्राबिधिकको टोलीले चितवनको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगर प्रमुख रेनु दाहालसङ भेटघाट गरेको थियो । भेटमा ल्याब चितवनमा अति आवश्यक भएको सबैले महसुस गरेको सांसद पोखरेल र भरतपुर महानगर प्रमुख दाहालले बताउनु भएको थियो ।
टोलीले ल्याबको लागि रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको ल्याबमा राख्न हुने नहुने विषयमा अध्ययन गर्ने जनाएको छ । आज र भोलि शुक्रवार सम्म चितवनमा कोरोना रोग परिक्षण गर्ने ल्याब स्थापना हुने सांसद पोखरेलले जानकारी दिनु भयो ।
टोलीमा प्रा .डा . गिरिराज त्रिपठी , विमलेश झा, सुलभ आचार्य, पुष्पराज खनाल रहेका छ्न ।




