चितवन प्रशासनद्धारा वुधबारदेखि सबैखाले पास वितरण बन्द

चितवन, १९ चैत । पास लिनेको भिड वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार दिउँसोदेखि पास (अनुमति पत्र) वितरण बन्द गरेको छ ।

जिल्ला प्रशासनले सूचना जारी गर्दै दिउँसो १ः३० बजेदेखि सबै प्रकारका पास वितरण बन्द गरेको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयले लकडाउनको समयमा सहज आवागमनका लागि पास बाड्दै आएको थियो । पास लिन प्रशासनमा दिनहुँ भीडभाड बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय लिएको हो ।
जिल्ला भित्र र बाहिर भएकाहरु आफ्नो गन्तव्यमा जानको लागि सवारी साधनको पास लिन जाने गरेका थिए । यसरी पास लिनेहरुको सख्या वढ्दै गएपछि कोरोना रोगको संक्रमण व्न सक्ने भन्दै पास दिन बन्द गरेको हो ।

शेयर गरौ

ताजा अपडेट