स्वास्थ्य सामाग्री खरिद प्रकरण : ओम्नीसंगको सम्झौता रद्द, पाँचकरोड धरौटी जफत

१९ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको छ । बुधबार मन्त्रालयले ओम्नीले कमसल सामाग्री ल्याएको भन्दैं सम्झौता रद्ध गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

 

साथै, तोकिएको समयमा ल्याउँछु भनेका सामाग्री ल्याउन नसकेको र ल्याएका सामाग्री पनि कमसल ल्याएको भन्दैं मन्त्रालयले धरौटीमा राखेको ५ करोड रुपैयाँ जफत गर्ने र कम्पनी कालोसूचीमा राख्न कम्पनीको रजिष्टारमा पठाउने भएको छ ।

शेयर गरौ

ताजा अपडेट