चितवन समाचार डटकम, १८ चैत ।
काेेराेना भाईरसकाे संक्रमणकाे परिक्षण गर्न धरान र पाेखरामा अाजबाट प्रयाेगशाला संचालनमा अाएकाे छ । यसबाट काेराेना संक्रमणकाे परीक्षण गर्न सहज व्यवस्था भएकाे छ । यसैबीच
विश्वव्यापी महामारीका रूपमा फैलिरहेकाे काेरना भाइरसका संक्रमितहरूकाे उपचारका निम्ति सरकारले चीनबाट जहाजमा कार्गाे गरी ल्याएकाे स्वास्थ्य सामग्री अाज देशका सात वटै प्रदेशहरूमा पु-याइएकाे छ ।
प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली सेनाकाे स्काई ट्रकबाट सामग्री पु-याइएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयाे ।
प्रदेश नं २, वागमती, गण्डकी र प्रदेश नं ५ मा सडक यातायातबाट नै सामग्री पुगिसकेकाे छ ।
प्रदेशका मुख्यमन्त्रीहरूलाई हस्तान्तरण गरिएकाे सामग्री सम्बन्धित प्रदेशकाे याेजनामुताविक अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीहरूकाे प्रयाेगमा उपलब्ध भएकाे उहाँले जानकारी दिनुभयो ।