फुड फेस्टिबलमा महिलाले राखे स्टल

चितवन, २ माघ । महिलाहरुको सस्था नारायणी सामाजिक विकास समितिले नारायणगढमा संचालित फुड फेष्टिबलमा स्टल राखेका छन् ।
सामाजिक क्षेत्रमा काम गर्नका लागि उनीहरुले स्टल राखेको बताएका छन् । चितवन महोत्सव अन्र्तगत क्याम्पाचौरमा गरिएको फुड फेष्टिबलमा समितिले स्टल राखेर रेष्टुरेण्ट संचालन गरेको हो । त्यसबाट आएको नाफालाई सामाजिक क्षेत्रमा लगानी गर्ने उदेश्यले स्टल राखेको हो । दिदीबहिनी, नन्दभाउजुदेखि सासुबुहारी मिलेर स्टलमा काम गरेका छन । समितिमा आवद्ध रहेका महिलाहरुले आफै काम गरेर कामदार खर्च समेत जोगाएका छन ।
राखिएको महिलाहरु आफैले सक्रिय भएर काम गरे आफै काम गरेर आर्थिक बचत गर्न अग्रसर भएका छन । स्टलबाट भएको नाफालाई सामाजिक हितका लागिी खर्चिने अध्यक्ष कृपा राजभण्डारीले बताईन । ‘महिलाहरु पाहुना सत्कारकालागीमात्रै होईन आफ्नो पकाउने क्षमताबाहिर देखाउन सक्छन भन्ने हो ’ राजभण्डारीले भनिन् । स्टलमा नेवारी प्रचलनको योमरी, सेलरोटीलाई खानाको मुख्य आकर्षणको रुपमा रहेको छ ।

ताजा अपडेट