चितवन समाचार डटकम, १८ चैत ।
भरतपुर अस्पताल बिकास समितिकाे अध्यक्षमा डाक्टर भाेजराज अधिकारी मनाेनयन हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयबाट डा.अधिकारी अध्यक्षमा मनाेनयन हुनुभएको हाे । उहाँको कार्यकाल ३ बर्षकाे हुनेछ ।त्यस्तै समितिकाे सदस्यहरुमा रमाकान्त सापकोटा, केशव देवकाेटा र रमा घिमिरे रहनुभएकाे छ ।



