चितवनमा लकडाउनमा केही खुकुलाे ( हेर्नुस् प्रशासनद्वारा जारी सुचना)

चितवन १७ चैत । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गर्दै आएको सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ ।
सरकारले दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले भोली मंगलबारदेखि दैनिक उपभोग्य सामग्री विक्री वितरण ओसार पसारमा केही खुकुलो पार्ने नीति लिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार जारी गरेको सूचना अनुसार आवश्यक औषधि तथा औषधिजन्य वस्तु र स्वास्थ्य उपकरण खाद्यान्न सामग्री, फलफूल दुध पानी सरसफाइ, पन्छी जन्य आहार उत्पादन गर्ने उद्योग, खुद्रा पसल, थोक पसल सञ्चालन तथा ती वस्तु ओसार पसारका साधन सञ्चालन गर्न दिने भएको हो ।
उद्योग कलकारखानाबाट सामग्री छाडेर फर्केका सावरी साधनलाई बिलबिजकको फोटोकपीको आधारमा आउन जान दिने भएको छ ।
त्यस्तै गरी अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग धन्दा सञ्चालन गर्दा संक्रमणको जोखिमलाई मध्यनजर गरी ह्याण्डवास, सेनिटाइजर, माक्सको प्रयोग अनिवार्य गरेर भिड नहुने गरी सञ्चालन गर्न दिनेछ । औषधि, स्वासथइ सामग्री उपकरण, खाद्यान्न सामग्री उत्पादन गर्ने उद्योगमा कार्यरत मजदुर कर्मचारीलाई कम्पनीले वितरण गरेको परिचय पत्रको आधारमा आवातजावत गर्न दिने व्यवस्था गरेको छ ।
जिल्ला प्रशासनले जारी गरेको सूचना
तपाइँको प्रतिक्रिया